Headline

अष्ट्रेलियन ओपन फाइनलमा मुगुरुजा र केनिनको भिडन्त

Published

on

स्पेनकी गार्बिन मुगुरुजाले अष्ट्रेलियन ओपनको फाइनलमा अमेरिकाकी सोफिया केनिनको सामना गर्ने भएकी छिन् ।

पछिल्लो केही समय आफ्नो पुरानै लयमा फर्किएकी मुगुरुजाले बिहिबार भएको सेमिफाइनलमा रोमानियाकी सिमोना हालेपलाई ७–६ (१०–८), ७–५ ले पराजित गरिन् । दुई पटककी ग्राण्ड स्ल्याम बिजेता मुगुरुजाले हालेपन चार पटक सेट पोइन्टमा रहेको स्थितिलाई उल्टाएकी थिइन् ।

२०१७ मा विम्बल्डनको उपाधि जितेपछि मुगुरुजा पहिलो पटक ग्राण्ड स्ल्यामको फाइनलमा प्रवेश गरेकी हुन् । “म फाइनल पुगेर निकै उत्साहित छु, यसको लागि लामै यात्रा तय गर्नु परेको थियो,” २०१६ को फ्रेञ्च ओपन पनि जितेकी मुगुरुजाले भनिन् ।

आफू बिश्व नम्बर एक टेनिस खेलाडी बनेको दुई बर्षपछि मुगुरुजा डिसेम्बर २०१९ सम्ममा बिश्व बरियतामा ३६ स्थानमा झरिसकेकी थिइन् । पुराना प्रशिक्षक कोन्चिता मार्टिनेजको निगरानीमा मुगुरुजा अहिले उत्कृष्ट लयमा देखिन थालिसकेकी छिन् ।

पाचौ बरियताकी युक्रेनी खेलाडी एलिना भितोलिना र नवौं बरियताकी डच किकी बर्टेन्सलाई हराएपछि मेलबर्न पार्कमा मुगुरुजालाई नै सम्भावित बिजेतको रुपमा हेर्न थालिएको थियो । उनी अब एक कदम मात्र टाढा रहेकी छिन् ।

शनिबारको फाइनलमा जित हात पार्न सकेको खण्डमा मुगुरुजा अष्ट्रेलियन ओपन इतिहासमा बरियता नपाएर उपाधि जित्ने तेश्रो खेलाडी बन्नेछिन् । यसअघि १९७८ मा त्रिस ओ निल र अमेरिकी सेरेना विलियम्सले २००७ मा अष्ट्रेलियन ओपन जित्दा उनीहरु बरियता बिहिन रहेका थिए ।

बिहिबार नै भएको पहिलो सेमिफाइनलमा केनिन घरेलु खेलाडी एस्ली बार्टीलाई ७–६ (८–६), ७–५ ले पराजित गर्दै पहिलो पटक ग्राण्ड स्ल्यामको फाइनलमा प्रवेश गरेकी थिइन् । ४० बर्षयता कुनै पनि घरेलु महिला खेलाडी अष्ट्रेलियन ओपनको फाइनल प्रवेश गरेकी छैनन् ।

“म निशब्द छु । मलाई पत्यार नै लागि रहेको छैन । मैले यो सपना म पाँच बर्षको हुदा देखि देखेको हु । मैले यो यात्रा तय गर्नलाई निकै मिहिनेत गरेको छु,” बार्टीले भनिन् । विलियम्स दिदी बहिनीलाई छोड्ने हो भने सन् २००५ मा लिन्ड्से ड्याभेपोर्टपछि अष्ट्रेलियन ओपनको फाइनल पुग्ने केनिन पहिलो अमेरिकी खेलाडी हुन् ।

Click to comment

Trending