Headline

उत्तमको गोलमा फ्रेण्ड्सले च्यासललाई हरायो

Published

on

च्यासल युथ क्लबमाथि झिनो जित हात पादै फ्रेण्ड्स क्लब शहीद स्मारक ए डिभिजन लिगको अंक तालिकामा ९ वौं स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा फ्रेण्ड्सले सन्तोष साहुखलको च्यासललाई १–० ले पराजित ग¥यो । खेलको एक मात्र गोल उत्तम राइले ८४ मिनेटमा गरेका थिए । जितपछि फ्रेण्ड्स दुई स्थान माथि उक्लन सफल भएको हो ।

९ अंक रहेको च्यासल एक स्थान तल झर्दै १० औं स्थानमा आइपुगेको छ । ब्रिगेड बोइज क्लब ८ अंक सहित ११ औं स्थानमा रहेको छ भने हिमालय शेर्पाको ७ अंक रहेको छ । रेलिगेसनको खतरामा रहेका नेपाल एपिएफ क्लबको ५ र सरस्वती युवा क्लबको चार अंक रहेको छ ।

खेलको शुरुवातमै दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेका थिए । फ्रेण्ड्सका गोलकिपर देव लिम्बु पहिलो पाँच मिनेटमा च्यासलको केही राम्रा प्रहारलाई बचाएका थिए । ३४ औं मिनेटमा देवले नै सन्तोषले नजिकैबाट गरेको प्रहारलाई डिफेन्डरले क्लियर गर्न नसकेपनि बल समाउन पुगेका थिए ।

च्यासका गोलकिपर एलन न्यौपानेले पनि केही आकर्षक बचाउ गरे । एलनले दोश्रो हाफमा उत्तमकै अर्को प्रहारलाई पञ्च आउट गरेका थिए । बराबरी तर्फ अघि बढीरहेको समयमा फ्रेण्ड्ले फ्रि किक पायो । बिश्व अधिकारीले प्रहार गरेको बललाई एलनले रोकेपनि रिबाउन्डमा आएको बलमा उत्तमले गोल गरेका थिए ।

Click to comment

Trending