Headline

युनाइटेडसँग सेकेण्ड लेगको हारका बावजुद सिटी लिग कपको फाइनलमा

Published

on

म्यानन्चेस्टर डर्बीमा यनाइटेडसँग पराजित भए पनि म्यानचेस्टर सिटी इङ्गलिस लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेकेण्ड लेगमा इतिहादमै सिटी १–० ले पराजित भएपनि समग्रमा ३–२ को जितले फाइनल प्रवेश गरेको हो । पहिलो लेगमा सिटीले युनाइटेडलाई ओल्ड ट्राफोर्डमै ३–१ ले पराजित गरेको थियो ।

सिटीले अब मार्च १ मा वेम्ब्लीमा हुने फाइलनमा एस्टन भिल्लाको सामना गर्नेछ । भिल्लाले मङ्गलबार लेस्टरमाथि जित हात पार्दै फाइनलमा स्थान बनाएको थियो । डिफेन्डिङ्ग च्याम्पियन सिटीले बुधबारको खेलमा गोलका लागि प्रयास गरेपनि युनाइटेडका किपर डेविड डि जियाले बिफल पारिदिएका थिए । ३५ औं मिनेटमा नेमाञ्जा माटिचले युनाइटेडको पहिलो प्रयासमै गोल गरेपछि सिटी पछि परेको थियो ।

सिटीका व्यवस्थापक पेप ग्वार्डियोलाले आफ्नो क्लब अझै राम्रो हुनु पर्ने बताए । १ सय ८० मिनेट खेल्दा हामी युनाइटेड भन्दा धेरै राम्रो थियौं । हामीले धेरै मौका बनायौं तर गोल गर्न सकेनौं । हामी यस्तोमा चुक्नु हुदैन, ग्वार्डियोलाले भने ।

नटिंघम फरेस्ट र लिभरपुलपछि सिटी लगातार तीन पटक लिग कपको फाइनल पुग्ने तेश्रो टिम भएको छ । लिभरपुल सबैभन्दा बढी १२ पटक लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

Click to comment

Trending