Headline

कोहलीको नाममा अर्को किर्तिमान 

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली र किर्तिमान पर्याय शब्द जस्तै भनेको छ । क्रिकेटमा बन्ने विभिन्न किर्तिमान एक पछि अर्को आफ्नो नाममा लेखाउँदै आएका कोहलीले फेरी अर्को किर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
 
न्युजिल्यान्ड बिरुद्ध आज सम्पन्न भएको तेश्रो ट्वान्टी ट्वान्टी खेलमा कोहलीले भारतीय कप्तानका रुपमा ट्वान्टी ट्वान्टीमा धेरै रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाएका हुन् । उनले आजको खेलमा ३८ रन बनाउँदै धोनीको किर्तिमान तोडेका हुन् ।
 
धोनीले कप्तानका रुपमा ट्वान्टी ट्वान्टीमा एघार सय १२ रन प्रहार गरेका थिए भने कोहलीले मात्र ३७ खेलमा धोनीको किर्तिमान भंग गरे । 
 
ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा कप्तानका रुपमा सबैभन्दा धेरै रन दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसको नाममा छ । कप्तानका रुपमा फाफले ट्वान्टी ट्वान्टीमा १२ सय ७३ रन जोडेका छन् भने दोश्रो नम्बरमा रहेका न्युजिल्यान्डका कप्तान केन विलियमसनले एघार सय ४८ रन आफ्नो नाममा लेखाएका छन् ।    
 

Click to comment

Trending