Headline

संकटामाथिको शान्दार जितपछि मनाङको लिगमा दाबेदारीता कायम

Published

on

संकटा क्लबमाथि ३–० को शान्दार जित निकाल्दै मनाङ मस्र्याङ्गदी क्लब शहीद स्मारक ए डिभिजन लिगको उपाधि होडमा कायमै रहेको छ ।

लिग अन्तर्गत बुधबारको एक मात्र खेलमा आत्मघाति गोलबाट अग्रता लिएको मनाङका लागि अञ्जन बिष्ट र निशान लिम्बुले एक–एक गोल थपेका थिए । जितपछि मनाङ अंक तालिकाको तेश्रो स्थानमा कायमै रहको छ ।

मच्छिन्द्रसँगै समान १९ अंक रहेको मनाङ आफुले लिग दौरान पाएको कार्डको आधारमा तेश्रो स्थानमा रहेको छ । शिर्ष स्थानको त्रिभुवन आर्मी क्लबको ९ खेलबाट २० अंक रहेको छ । लिगमा मनाङ र मच्छिन्द्रको गोल अन्तर ८ रहेको छ । दुवै टोलीले एक अर्कासँग २–२ गोलको बराबरी खेलेका थिए ।

जितसँगै मनाङ लिगको दाबेदारीमा रहेको आर्मी र मच्छिन्द्रसँगै अघि बढ्न सफल भएको छ । हारपछि संकटा भने आठौंं स्थानमै कायम रहेको छ । जित हात पारेको खण्डमा संकटा पाचौ स्थानमा उक्लने थियो ।

एन्फा कम्प्लेक्समा पहिलो हाफमा दुवै टोली एउटै लयमा खेलेपनि मनाङले ४२ औं मिनेटमा अग्रता अमित तामाङको आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । अञ्जनले हेड गरेको बललाई क्लियर गर्न खोज्दा अमितले आफ्नै पोस्टमा गोल गरेका थिए ।

त्यसको एक मिनेटपछि नै मनाङले अञ्जनको गोलबाट अग्रतालाई दोब्बर बनाएको थियो । दोश्रो हाफको ८ मिनेटपछि बिमल रानाले अञ्जनको प्रहार गोलकिपरले बचाएको बलमा गोल त गरे तर अफसाइड हुन पुगेका थिए ।

७१ औ मिनेटमा निशानले गोल गरेपछि मनाङको जित सुनिश्चित बनेको थियो । अञ्जन खेलको म्यान अफ द म्याच घोषित भए ।

Click to comment

Trending