Headline

अफगानिस्तानका बिष्फोटक ब्याट्स्म्यान शाहजादले इपिएल खेल्ने

Published

on

अफगानिस्तानका बिष्फोटक ओपनर मोहम्मद शाहजाद एभरेष्ट प्रिमियर लिगमा खेल्ने भएका छन् । शाहजाद चितवन टाइगर्सबाट खेल्ने लागेको हो ।

शाहजाद निकै नै आक्रमक ब्याट्स्म्यानको रुपमा चिनेने गर्छन् । उनको नाममा अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय शतक रहेको छ भने दर्जनै प्रिमियर लिग म्याचहरु खेलेको पनि अनुभव रहेको छ । उनले २०१९ मा भएको टि टेन लिगमा राजपुत्सका लागि १६ बलमै ७४ रनको आक्रमक पारि खेलेका थिए ।

शाहजादले १ सय २२ वटा ट्वान्टी ट्वान्टी, ८४ एकदिवसीय अन्तर्राष्ट्रिय, ६५ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र १ सय १५ वटा लिस्ट ए खेल खेलिसकेका छन् । उनलाई अगष्ट १०, २०१९ मा अफगानिस्तान क्रिकेट बोर्डले अनुमतिबिना देशबाहिर गएर खेलेको भन्दै अनिश्चितकालका लागि प्रतिबन्धमा राखेको छ ।

शाहजाद एभरेष्ट प्रिमियर लिगमा सार्वजनिक भएका चौथो बिदेशी खेलाडी हुन् । यसअघि पुर्व दक्षिण अफ्रिकी कप्तान हसिम आमला, वेष्ट इन्डिजका ड्वेन स्मिथ र श्रीलंकाका उपुल थारँगा एभरेष्ट प्रिमियर लिगमा खेल्ने पक्का भइसकेको थियो । थारँगा ललितपुर प्याट्रियट्स र स्मिथ भैरहवा ग्ल्याडिएटर्सका लागि खेल्न गइरहेका हुन् ।

आमला कुन टोलीबाट खेल्ने यसको जानकारी उनीसँग सम्बन्धित फ्राञ्चाइजले अहिलेसम्म सार्वजकि गरिएको छैन । पछिल्लो सिजन चितवन एभरेष्ट प्रिमियर लिगको एलिमिटेरसम्म प्रवेश गरेको थियो ।

Click to comment

Trending