Headline

एस्टन भिल्ला इङ्गलिस लिग कपको फाइनलमा

Published

on

लेस्टर सिटीलाई सेमिफाइनलको दोश्रो लेगमा २–१ ले पराजित गर्दै एस्टना भिल्ला इङ्गलिस लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा एक–एक को बराबरी खेलेपछि भिल्लाले समग्रमा ३–२ को जित हात पारेको हो । खेलको १२ मिनेटमै ज्याक ग्रिलिसको पासमा गोल गर्दै म्याट टार्गेटले भिल्लालाई अग्रता दिलाएका थिए । निकै लामो प्रयासपछि लेस्टरले ७२ औं मिनेटमा बराबरी गोल फर्कायो ।

हार्वि बार्नेसको पासमा केलेची इयानाचोले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । तर ट्रेजेगेले ९० औं मिनेटमा एहमद एल मोहमदीको असिस्टमा गोल गर्दै भिल्लालाई फाइनलको बाटो देखाए ।

सन् २०१५ मा आर्सनलसँग एफए कपको फाइनलमा ४–० ले पराजित भएयता भिल्ला पहिलो पटक कुनै ठुलो प्रतियोगिताको फाइनल पुगेको हो । भिल्लाले फाइनलमा म्याचेस्टर सिटी वा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । भिल्लालाई फाइनलमा सम्म पु¥याउनका लागि गोलकिपर ओरन नाइल्याण्ड दजैनौ बचाउ गरेका थिए ।

Click to comment

Trending