Headline

आर्मीका कप्तान भरतले रङ्गभेदी टिप्पणी गरेको जावलाखेलका बिदेशी खेलाडीको आरोप

Published

on

गौरव फुयाल, काठमाडौं

जावलाखेल युथ क्लबका फर्वार्ड ड्याडि जुनियर वाम्बाले शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मङ्गलबार भएको खेलका दौरान त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले आफूमाथि रङ्गभेद गरेको आरोप लगाएका छन् ।

एन्फा कम्प्लेक्समा भएको खेलमा भरतकै एक मात्र गोलको मद्दतमा आर्मी १–० ले बिजयी भएको थियो । खेलको पहिलो हाफको थपिएको समयमा भरतले जाउलाखेलका एडमा डोम्बियालाई फल गरे पछि वाम्बालाई भरतले मङकी (बादर) भनेको दाबी गरे ।

वाम्बाले त्यसपछि खेल समेत बहिस्कार गर्न लाग्दा जावलाखेलका पदाधिकारीहरुले सम्झाउदै थपिएको समय खेलाएका थिए । अन्तर्राष्ट्रिय फुटबलमा काला खेलाडीलाई गिजाउने हिसाबले मङकी शब्द धेरै पटक प्रयोग गरिएको छ ।

यस विषयमा बोल्दै ए डिभिजन लिग डिरेक्टर तथा फुटबल बिज्ञ सन्जिव मिश्रले यो रङ्गभेदको कानुन फुटबलमा पनि रहेको र यो कुरालाई एन्फाले छानबिन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने विस्पोटर््ज्लाई जनकारी दिए ।

नेपाली खेलकुदमै रङ्गभेदटको घट्ना बाहिर आएको यो सम्भवत पहिलो पटक हो ।

1 Comment

Trending