Headline

ए डिभिजन लिगमा सरस्वतीको पहिलो जित

Published

on

सरस्वती युवा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । मङ्गलबारको पहिलो खेलमा सरस्वतीले हिमालय शेर्पा क्लबलाई ४–३ ले हरायो ।
अंक तालिकाको पुछारमा रहेको सरस्वतीले ९ वौं खेलमा आएर पहिलो जित दर्ता गरेको हो । जितपछि सरस्वतीको ४ अंक भएको छ । यसअघि ७ औं चराणमा उपाधि दाबेदार मच्छिन्द्र फुटबल क्लबलाई २–० ले स्तब्ध पारेको शेर्पाको भने यो चौथो हार हो ।
शेर्पा ९ खेलबाट ९ अंक सहित १२ औं स्थानमा रहेको छ भने पुछारबाट दोश्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबको ५ अंक रहेको छ ।
खेलमा सरस्वतीले पाँच मिनेटमै अग्रता लिएको थियो । कजिम बुसारीले पुर्ण बहादुर श्रेष्ठको पासलाई पेनाल्टी बक्सभित्र बाट गोलमा परिणत गरेका थिए । त्यसको पाँच मिनेटपछि नै आशिष गुरुङले हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
३५ औंं मिनेटमा बुसारी कै असिस्टमा बिनोद केसीले गोलपछि सरस्वतीले अग्रता फर्काएको थियो । तर ४५ मिनेटमा बिजय श्रेष्ठले गोल गर्दै खेललाई फेरि बरबरीमा ल्याएका थिए । बुसारीले ८३ औं मिनेटमा कर्नरबाट आएको गोलमा हेडिङ्ग गर्दै गोल गरेपछि फेरि एकपटक सरस्वती अगाडी बढ्यो ।
८८ औं मिनेटमा मनिष थापाले गोल गरेपछि सरस्वतीको जित सुनिश्चित भएको थियो । रवि थापा मगरले इन्जुरी समयको तेश्रो मिनेटमा गोल गरेपनि हिमालयलाई हार टार्न पर्याप्त भएन ।

Click to comment

Trending