Headline

यु१९ विश्वकप : जापानको अर्को नमिठो हार, इंग्ल्यान्ड नौं विकेटले विजयी  

Published

on

दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकप अन्तर्गत प्लेट च्याम्पियनसिपको क्वाटर फाइनलमा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको जापानले इंग्ल्यान्डसँग नौं विकेटको नमिठो हारको सामना गरेको छ ।
समुह चरणको आफ्नो दोश्रो खेलमा भारतसँग ४१ मा समेटिए र १० विकेटको फराकिलो हारको सामना गरेको जापानले तेश्रो खेलमा श्रीलंकासँगको खेलमा ४३ रनमा अलआउट हुँदै नौं विकेटको हारको सामना गरेको थियो । त्यस्तै न्युजिल्यान्ड बिरुद्ध बर्षाले प्रभिबित भए पछि जापानले १-१ अंक बाँढेको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जापानले ३८ दशमलब चार ओभर खेल्दै ९३ रनमा अलआउट भयो भने जवाफी ब्याटिंङ गरेको इंग्ल्यान्डले ११ दशमलब तीन ओभरमा एक विकेट गुमाएर लक्ष्य पार गर्यो ।
सात रन बनाएका ओपनर निल दातेलाई गुमाएको जापानका लागि अर्का ओपनर शु नोगुची र  तेश्रो नम्बरमा ब्याटिंङ गरेका देबशिश साहोले क्रमसः २० र २४ रन बनाउँदै पारी सम्हाल्ने प्रयास गरे । तर दुबैको विकेटको पतन पछि जापान सम्हालिन सकेन र सस्तैमा  समेटियो । जापानका पाँच जना ब्याट्सम्यानले रनको खाता पनि खोल्न सकेनन् ।
जापानलाई सस्तैमा समेट्ने क्रममा स्कट करी र हमिदउल्लाह कादरीले समान ३-३ विकेट हात पारे भने जोए एविसनले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । करीले सात ओभरमा १५ रन खर्चिए भने कादरीले नौं दशमलब चार ओभरमा एक मेडन सहित १७ रन मात्र दिए ।
इंग्ल्यान्डकाको जीतमा ओपनर दान मोउस्लेले अविजित रहँदै ३६ बलमा ५७ रन बनाए ।

Click to comment

Trending