Trending

पाकिस्तान बिरुद्ध बंगलादेश : शृंखला माथि पाकिस्तानको कब्जा 

Published

on

पाकिस्तानले आफ्नो घरेलु मैदानमा बंगलादेश बिरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ ।
तीन खेलको शृंखला पाकिस्तानले २-० ले आफ्नो पक्ष्यमा पारेको हो । अघिल्लो दुई खेल जीतेर शृंखला माथि यस अघि नै कब्जा जमाएको पाकिस्तानले आजको खेल बर्षाले प्रभावित भएर रद्ध भए पछि शृंखला २-० ले कब्जा जमाएको हो ।
पहिलो ट्वान्टी ट्वान्टी खेलमा पाँच विकेटको जीत दर्ता पाकिस्तानले दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नौं विकेटको फराकिलो जीत आत्मसाथ गरेको थियो ।पाकिस्तानका कप्तान बाबर अजाम प्लेयर अफ द सिरिज चुनिए । 
पाकिस्तान र बंगलादेश अब दुई टेस्ट खेलको शृंखलामा भिड्ने छन् । पहिलो टेस्ट फेब्रुअरी सात तारिखबाट शुरु हुनेछ ।   

Click to comment

Trending