Headline

श्रीलंकाका ओपनर उपुल थरंगा ईपीएलमा खेल्ने 

Published

on

श्रीलंका टोलीका ओपनर उपुल थरंगा आगामी चैत्रमा आयोजना हुने एभरेस्ट प्रिमिएर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले साबिक बिजेता ललितपुर प्याट्रियट्सबाट ईपीएलमा खेल्ने भएका हुन् ।
३४ बर्षिय थरंगाले श्रीलंकाको लागि ३१ टेस्ट, २३५ एकदिवसीय र २६ ट्वान्टी ट्वान्टी खेल खेलेका छन् । आक्रमक ब्याट्सम्यानका रुपमा परिचित उनी बायाँ हाते ब्याट्सम्यान हुन् ।
सन् २००५ मा भारत बिरुद्ध टेस्ट र एकदिवसीयमा डेब्यु गरेका उनले टेस्ट र एकदिवसीयमा क्रमसः १७ सय ५४ तथा छ हजार नौं सय ५१ रन प्रहार गरेका छन् । सन् २००६ मा इंग्ल्यान्ड बिरुद्ध ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका थरंगाले ४०७ रन आफ्नो नाममा दर्ता गराएका छन् ।
उनले टेस्टमा तीन तथा एकदिवसीयमा १५ शतक बनाउनुको साथै क्रमसः आठ र ३७ अर्धशतक पनि प्रहार गरेका छन् ।
ईपीएलको आगामी संस्करणमा ठुला खेलाडी आउने क्रम जारी छ । आयोजकले यस अघि वेस्ट इण्डिजका ड्वयन स्मिथ र दक्षिण अफ्रिकाका पुर्व कप्तान हसिम अमला आउने जनाई सकेको छ ।

Click to comment

Trending