Headline

टोलीलाई आवश्यक परेमा ओपनिङमा पनि ब्याटिंङ गर्न तयार छु : पारस खड्का 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले टोलीलाई आवश्यक परेमा ओपनिङमा पनि ब्याटिंङ गर्न तयार रहेको बताएका छन् ।
विश्वकप लिग टु अन्तर्गत नेपालमा आयोजना हुने नेपाल, ओमन र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको तयारीमा रहेको नेपाली टोलीको आजको अभ्यास पछि क्रिकेटिंङनेपालसँग कुरा गर्दै पारसले यस्तो धारणा ब्यक्त गरेका हुन् ।
‘मैंले शुरुवाती दिनहरुमा तल्लो क्रममा ब्याटिंङ गरे । पछि टोलीको आवश्यकता अनुसार ८/९ बर्ष चौथों नम्बरमा ब्याटिंङ गरें । फेरी पछिल्लो दुई बर्ष ५० ओभरमा तेश्रो नम्बरमा र ट्वान्टी ट्वान्टीमा ओपनिङ गर्दै आईरहेको छु । यदि फेरी टोलीमा मैंले ओपनिङ गर्न पर्ने स्थिती आयो भने म त्यसका लागि पनि तयार छु,’ पारसले भने । ‘कसले कुन नम्बरमा ब्याटिंङ गर्छ भन्नु भन्दा पनि टोलीको जीत महत्वपुर्ण छ ।’
त्यस्तै पारसले नेपालले पहिलो पटक एकदिवसीय खेल आफ्नै घरेलु मैदानमा आयोजना हुन लागेकोमा निकै उत्साहित भएको पनि बताए ।
 
हेर्नुहोस् पारसको पुरा भिडियो  

2 Comments

Trending