Headline

एपिएफलाई हराउदै पुलिस लिगमा तीन स्थान माथि उक्लियो

Published

on

नेपाल पुलिस क्लब बिभागीय भिडन्तमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको पाचौ स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा खेलअघि ८ औं स्थानमा रहेको पुलिसले भोला सिल्वालको एक मात्र गोलको मद्दतमा एपिएफलाई १–० ले पराजित गर्दै तीन स्थानमाथि छलाँग मारेको हो । यद्दपी पुलिस भन्दा पछाडी रहेका टोलीहरुले आ–आफ्नो ९ वौं चरणको खेलमा जित हात पारेको खण्डमा पुलिस फेरि पछाडी धकेलिनेछ ।
पुलिसको ९ खेलबाट १४ अंक रहेको छ भने एनआरटी, जावलाखेल र एनआरटीको ८ खेलबाट १२ अंक रहेको छ । जावलाखेलले मङ्गलबार आफ्नो महत्वपूर्ण खेलमा उपाधिको दाबेदार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी १७ अंक सहित शिर्ष स्थानमा रहेको छ भने समान १६ अंक रहेपनि मच्छिन्द्र क्लब मनाङ मस्र्याङ्गदीलाई पछि पार्दै अंक तालिकामा दोश्रो स्थानमा रहेको छ ।
मच्छिन्द्रले सोमबारको दोश्रो खेलमा थ्रि स्टारको सामना गर्नेछ । चौथो स्थामा रहेको थ्रि स्टारको पनि १४ अंक रहेको छ ।
रँशालामा दिनको पहिलो खेलमा पुलिसलाई शुरुवाती ५ मिनेटमै अग्रता लिने अवसर थियो तर भरत शाहले एपिएफका गोलकिपरसँगको वान भर्सेस वान रहेको स्थितिमै गोल गर्न चुकेका थिए । लगत्तै भोलाको प्रहार आशिएको थियो ।
एपिएफमाथि दवाब कायमै राख्दा पुलिसले १३ औं मिनेटमा पेनाल्टी पायो । भारतमाथि फल भएपछि पुलिसले पेनाल्टी पाएको थियो र भोलाले सहज गोल गरेका थिए । पहिलो हाफमा एपिएफ खासै चल्न सकेन ।
दोश्रो हाफको पाँच मिनेट नबित्दै पुलिसले अर्को मौका पायो । निर कुमार राइले गरेको प्रहारलाई सुदिप सिख्राकारले गोल लाइनबाट क्लियर गरिदिएका थिए । पुलिसले त्यसपछि पनि केही मौकाहरु सृजना ग¥यो तर गोल गर्न सकेन । खेलको अन्त्यमा रेफ्रिलाई दुव्र्यवहार गरेको भन्दै एपिएफका सुदिपले सिधै रेड कार्ड खाएका थिए ।

Click to comment

Trending