Headline

लिगको ठूलो खेलमा थ्रि स्टार र मच्छिन्द्र भिड्दै

Published

on

शहीद स्मारक ए डिभिजन लिगको निकै महत्वपूर्ण खेलमा थ्रि स्टार र मच्छिन्द्र क्लब सोमबार भिडिरहेका छन् ।
उपाधिका दाबेदारीमा कायम रहन दुवै टोली लागि जित आवश्यक छ । एकपछि अर्को गर्दै अप्रत्याशित परिणामहरु आउदा निकै रोमाञ्चक बनेको अंक तालिकाको माथिल्लो हाफ एकदम प्रतिस्पर्धात्मक देखिन्छ । यस्तोमा मच्छिन्द्र र थ्रि स्टार दुवै अंक गुमाउन चाहदैनन् ।
जितको सबैभन्दा ठूलो जरुरत भने थ्रि स्टारलाई नै रहेको छ । थ्रि स्टार अंक तालिकाको चौाथो स्थानमा रहेको छ । ९ औं चरणको शुरुवातमा थ्रि स्टारले जित हात पार्ने हो भने आफू १७ अंक सहित दोश्रो स्थानमा त रहनेछ नै भने मच्छिन्द्रको पनि उपाधि आशामा ठूलो धक्का लाग्नेछ ।
दोश्रो स्थानमा रहेको मच्छिन्द्रको ८ खेलबाट १६ अंक भएको छ । शिर्षं स्थानको त्रिभुवन आर्मी क्लब आफ्नो अघिल्लो खेलमा एनआरटीसँग बराबरीमा रोकिएपछि अन्य क्लबहरुको लागि पर्याप्त मौका बनेको हो । आर्मीको ८ खेलबाट १७ अंक रहेको छ भने तेश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबको पनि १६ अंक रहेको छ ।
एनआरटी १२ अंकका साथ गोल अन्तरको आधामा पाचौं स्थानमा रहेको छ । जावलाखेल युथ क्लब र संकटाको पनि १२ अंक रहेको छ भने नेपाल पुलिस क्लबको ११ अंक छ ।
बिभागीय भिडन्त हुन गइरहेको सोमबारको पहिलो खेलमा पुलिस र नेपाल एपिएफ क्लब खेल्न गइरहेका छन् । सोमबार पुलिसको लागि पनि महत्वपूर्ण रहेको छ । जित हात पार्न सकेको खण्डमा पुलिस ८ स्थानबाट सिधै पाचौं स्थानमा उक्लनेछ ।
पुछारबाट दोश्रो स्थानमा रहेको एपिएफको पाँच अंक रहेको छ । जित हात पारेको खण्डमा एपिएफ एक स्थान माथि उक्लनेछ ।

Click to comment

Trending