Headline

बास्केटबल लिजेण्ड कोबि ब्रायन्टको हेलिकप्टर दुर्घट्नामा मृत्यु

Published

on

अमेरिकन बास्केटबल लिजेण्ड कोबि ब्रायन्टको हेलिकप्टर दुर्घट्नामा मृत्यु भएको छ ।

ब्रायन्ट चेढेको निजी हेलिकप्टर क्यालिफोनिर्या राज्यको कालाबासास माथि अचानक आगालगी भएपछि दुर्घटनाग्रस्त भएको जानकारी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् । ४१ बर्षिय ब्रायन्टले पाँच पटक एनबिएको उपाधि जितेका थिए ।

उनले एक लिजेण्डको रुपमा आफूले लामो समय बिताएको टिम लस एन्जलस लेकर्सबाट सन् २०१५–१६ को एनबिए सिजनबाट सन्यास लिएका थिए । उनी ३४ बर्षको उमेरमा ३० हजार करिअर पोइन्ट पुग्ने सबैभन्दा कान्छा खेलाडी थिए ।

ब्रायन्टलाई बिश्व बास्केटबलकै सर्वोतकृष्ट मध्येको एक खेलाडी मानिन्छ । उनले व्यवसायिक बास्केटबल करिअरमा पुरै २० बर्ष लेकर्समै बिताएका थिए ।

लस एन्जलस प्रहरीका अनुसार ब्रायन्ट सवार हेलिकप्टरमा सबै यात्रुको मृत्यु भएको थियो । हेलिकप्टरमा सवार सबैजनाको नाम भने सार्वजनिक गरिएको छैन ।

Click to comment

Trending