Headline

सन्दिप नेपाल फर्कन लाग्दा चिन्तित मेलबर्नलाई रउफको आगमनले राहत

Published

on

नेपाली लिग स्पिनर सन्दिप लामिछाने राष्ट्रिय टोलीको जिम्मेवारीका लागि नेपाल फर्किने भएपछि चिन्तामा रहेको अष्ट्रेलियन बिग ब्यास टोली मेलबर्न स्टार्सले बल्ल राहतको सास फेरेको छ ।
अंक तालिकामा मेलबोर्न शिर्ष स्थानमा रहेको छ र क्लालिफायरका लागि उसले अब सिड्नी सिक्सर्स वा एडिलेड स्ट्राइकर्सका लागि खेल्नेछ । तर मेलबर्नका लागि सन्दिप भने नहुने भएका छन् । नेपालमा आयोजना हुन गइरहेको आईसिसि क्रिकेट वल्र्ड कप लिग टुमा ओमान र अमेरिका सम्मिलित ट्राइ सिरिजका लागि सन्दिप नेपाल आउन लागेका हुन् ।
मेलबर्नको टोलीमा अर्को उल्लेखनीय प्रदर्शन गर्दै सन्दिपले १३ खेलमा १५ विकेट लिइसकेका थिए । उनी ट्वान्टी ट्वान्टी इतिहासमा नेपालका लागि १ सय विकेट लिने बलर बन्न मात्र एक विकेटले टाढा रहेका छन् ।
यसअघि मेलबर्नका लागि अर्का महत्वपूर्ण खेलाडी पाकिस्तानी फास्ट बलर हरिस रउफ पनि बङ्गलादेशसँगको ट्वान्टी ट्वान्टी सिरिजका लागि अष्ट्रेलिया छोडेका थिए । बिग ब्यास लिगको पहिलो उपाधि जित्ने दाउमा रहेको मेलबर्नका लागि प्रतियोगिताको महत्वपूर्ण क्षणमै दुई प्रमुख खेलाडी नखेल्नेपछि टोली चिन्तामा रहेको थियो ।

तर आइतबार मलेबर्नले राहतको सास फे¥यो । उसका लागि रउफ अष्ट्रेलिया फर्कने भएका छन् । रावलपिण्डीमा बङ्गलादेशबिरुद्ध फेब्रुवरी ७ देखि शुरु हुने टेस्ट सिरिजका लागि रउफ पनि टोलीमा पर्ने सम्भावन रहेको थियो । तर पाकिस्तानी टेस्ट टिममा उनी नपरेपछि रउफ मेलबर्नका लागि उपस्थित हुने भएका हुन् ।
रउफ पाकिस्तानी टोलीमा पहिलो पटक पर्दै बङ्गलादेशबिरुद्धको सिरिज खेल्न गएको समय मेलबर्नले चार मध्ये तीन खेलमा पराजय बेहोरेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका रउफले मात्र ७ खेल खेल्दै १६ विकेट लिएका छन् ।
जारी बिग ब्यास लिगमा सिड्नी थण्डरका ड्यानियल स्याम्स १४ खेलबाट २५ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा अग्रस्थानमा रहेका छन् ।

Click to comment

Trending