Headline

न्युजिल्यान्ड बिरुद्ध भारत : दोश्रो ट्वान्टी ट्वान्टी खेल आज 

Published

on

घरेलु टोली न्युजिल्यान्ड र भारत बीच दोश्रो ट्वान्टी ट्वान्टी खेल आज हुँदैछ ।अक्ल्यान्डमा हुने खेल नेपाली समय अनुसार दिउंस १२:३५ बजे शुरु हुनेछ ।
पाँच खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ । अक्ल्यान्डमा नै भएको पहिलो ट्वान्टी ट्वान्टी खेलमा भारतले ६ विकेटको रोमान्चक जीत हात पारेको थियो ।
पहिलो खेलमा न्युजिल्यान्डले २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०३ रन बनायो भने जवाफी ब्याटिंङ गरेको भारतले चार विकेटको क्षतीमा १९ ओभरमा लक्ष्य पुरा गर्यो ।
भारतको जीतमा श्रेयस ऐयरले अविजित रहँदै २९ बलमा सर्वाधिक ५८ रन बनाए भने ओपनर केएल राहुलले पनि २७ बलमा ५६ रन तथा कप्तान बिराट कोहलीले पनि ३२ बलमा ४५ रनको योगदान दिए ।
न्युजिल्यान्डको तर्फबाट कोलिन मुन्रोले ४२ बलमा ५९, रस टेलरले २७ बलमा अविजित ५४ तथा कप्तान केन विलियमसनले २६ बलमा ५१ रनबनाएका थिए ।

Click to comment

Trending