Headline

म्यानचेस्टरलाई २० हजार जरिवाना 

Published

on

इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाईटेडलाई फुटबल संघले २० हजार पाउण्ड जरिवाना लगाएको छ ।
गत आइतबार इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल बिरुद्धको खेलका क्रममा युनाईटेडका खेलाडीहरुले रेफ्री क्रेग पावसन लाई गरेको ब्यबहारलाई लिएर जरिवाना गरेको हो । फुटबल संघले युनाईटेडलाई इ२० (ए) को नियम उल्लंघन गरेको जनाएको छ ।
एनफिल्डमा भएको खेलको १४औं मिनेटमा भर्जिल भ्यान डिकले हेडर मार्फत गोल गर्ने प्रयास गरेका थिए । गोल हुन नसके पनि फर्केर आएको बललाई रोबर्टो फिर्मिनोले गोलमा परिणत गरे । तर रेफ्री पावसनलीले त्यस समयको खेल र गोललाई भिएआर हेरे र भिएआरको सदुपयोग गर्दै युनाईटेडका किपर डेबिड डी जेयालाई भ्यान डिकले फल गरेको भन्दै गोललाई मान्यता दिएनन् ।
शुरुवातमा रेफ्रीले भ्यान डिकको फललाई फल दिएनन् । युनाईटेडका खेलाडीहरुले भने रेफ्रीले फल नदिएको भन्दै डी जेय र अन्य खेलाडीहरुले रेफ्रीलाई घेर्नुको साथै त्यसको बिरोध पनि गरेका थिए ।
उक्त खेलमा लिभरपुल २-० गोल अन्तरले विजयी भएको थियो ।

Click to comment

Trending