Trending

यु१९ विश्वकप : जापानको अर्को लज्जास्पद हार 

Published

on

दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकपमा जापानले अर्को लज्जास्पद हारको सामना गरेको छ । 
यस अघि आफ्नो दोश्रो खेलमा भारतसँग ४१ मा समेटिए र १० विकेटको फराकिलो हारको सामना गरेको जापानले आज श्रीलंकासँगको खेलमा ४३ रनमा अलआउट हुँदै नौं विकेटको हारको सामना गरेको हो । पहिलो पटक यु१९ विश्वकप खेलेको जापानको न्युजिल्यान्ड बिरुद्ध बर्षाले प्रभिबित भएको थियो ।
बर्षाले प्रभावित भए पछि २२ ओभर प्रति टोली खेलाइएको खेलमा जापानले टस हारेर पहिले ब्याटिंङ गर्दै १८ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ४३ रन बनाउन सक्यो जवाफी ब्याटिंङ गरेको श्रीलंकाले आठ दशमलब तीन ओभरमा एक विकेट गुमाएर जीत दर्ता गरायो ।
जापानका कुनै पनि ब्याट्सम्यानले दोश्रो अंकमा रन जोड्न सकेनन् ।

Click to comment

Trending