Headline

पाकिस्तान बिरुद्ध बंगलादेश : एक खेल अगाडी नै पाकिस्तानलाई शृंखला

Published

on

कप्तान बाबर अजाम र मोहम्मद हफिजको अर्धशतकको मद्धतमा घरेलु टोली पाकिस्तानले एक खेल अगावै बंगलादेश बिरुद्धको ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलको शृंखला माथि कब्जा जमाएको छ ।
हिजो भएको पहिलो ट्वान्टी ट्वान्टी खेलमा पाँच विकेटको जीत दर्ता पाकिस्तानले आज भएको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नौं विकेटको फराकिलो जीत आत्मसाथ गर्दै गराएको तीन खेलको शृंखलामा २-० को अग्रता लिएको हो । सोमबार लाहोरमा हुने अन्तिम ट्वान्टी ट्वान्टी खेल हारेको खण्डमा पनि पाकिस्तानले शृंखला आफ्नो पक्ष्यमा पार्ने छ ।
आजको खेलमा टस जीतेर पहिले ब्याटिंङ गर्ने निर्णय गरेको बंगलादेशले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १३६ रनको सामान्य योगफल तयार पार्यो । जवाफी ब्याटिंङ गरेको पाकिस्तानले २० बल अगावै एक विकेटको क्षतीमा जीत दर्ता गरायो ।
पाकिस्तानको जीतमा खेलको म्यान अफ द म्याच घोषित कप्तान बाबर अजामले ६६ रन जोडे भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मोहम्मद हफिजले पनि अविजित ६७ रनको पारी खेले । सात बलको सामना गर्दै शुन्य रनमा ओपनर अशन अलीलाई गुमाएर खराब शुरुवात गरेता पनि आजम र हफिजले दोश्रो विकेटका लागि १३१ रन जोड्दै पाकिस्तानको जीत शुनिश्चित गरे ।
यस अघि तमिम इकबालको ६५ रनको बाबजुत बंगलादेशले ठुलो योगफल तयार पार्न सकेन । बंगलादेशको तर्फबाट इकबाल बाहेक अफिफ होसेनले २१ तथा कप्तान महमदउल्लाहले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा मोहम्मद हस्नानीले सर्वाधिक दुई तथा शाहिन शाह अफ्रिदी, ह्यारिस रौफ़ र शदाब खानले समान १-१ विकेट हात पारे ।

Click to comment

Trending