Headline

पाकिस्तानले भारतमा अर्को बर्ष आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप बहिष्कार गर्ने

Published

on

पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वसिम खानले पाकिस्तानले आगामी बर्ष सन् २०२१ मा भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप बहिष्कार गर्ने जनाएका छन् ।
यसै बर्षको सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने भनिएको ट्वान्टी ट्वान्टी एसिया कपमा भारतले पाकिस्तानमा आयोजना भएको खण्डमा सहभागिता नजनाउने भन्ने हल्ला आए पछि खानले भारतले एसिया कपमा पाकिस्तान भ्रमण नगरेमा पाकिस्तानले पनि विश्वकप नखेल्ने जनाएका हुन् ।
‘एसिया कप पाकिस्तानमा आयोजना गर्ने निर्णय पाकिस्तानको हैन न यो आईसीसीले नै भनेर भएको हो । कुन देशमा गर्ने भन्ने निर्णय एसीसीको हो र एसीसीले नै पाकिस्तानमा आयोजना गर्ने भनेर निर्णय गरेको हो,’ खानले भने ।
‘हामीहरुले एसिया कप दुई स्थानमा खेलाउने भनेर तयारी गरिरहेका छौं । तर यदि भारतले पाकिस्तानमा एसिया कप नखेल्ने हो भने हामी पनि भारतमा विश्वकप खेल्न जादैनौं ।’
पाकिस्तानमा नखेल्ने भारतले आफ्नो निर्णयमा कुनै परिवर्तन नगरे पछि पाकिस्तानबाट एसिया कप खेलाउने निर्णयबाट एसीसी पछि हटेको र अब पाकिस्तानको सट्टामा बंगलादेशलाई एसिया कपको जिम्मा दिने हल्ला आए पछि खानले रुस्ट हुँदै आफ्नो धारण राखेका हुन् ।
सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमला पछि भारत र पाकिस्तान अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एसियाली क्रिकेट परिषद (एसीसी) ले आयोजना गर्ने प्रतियोगिता बाहेक अन्य प्रतियोगितामा एक आपसमा खेलेका छैनन् । त्यस्तै एसीसीले आयोजना गर्ने यु१९ देखि ईमर्जिङ टिम्स कप पनि पाकिस्तानमा आयोजना गर्ने भनिएको प्रतियोगिता पनि अन्य देशमा आयोजना गर्ने गरिएको छ ।

Click to comment

Trending