Headline

वेस्ट इण्डिज ड्वोयन स्मिथ ईपिएलमा भैरहवाबाट खेल्ने 

Published

on

वेस्ट इण्डिज भेट्रान अलराउण्डर ड्वोयन स्मिथ यहि चैतमा आयोजना हुने एभरेस्ट प्रिमिएर लिग (ईपिएल) मा भैरहवाबाट ग्ल्याडियटर्सबाट खेल्ने खेल्ने भएका छन् ।
३६ बर्षीय स्मिथले वेस्ट इण्डिजको तर्फबाट १० टेस्ट, १०५ एक दिवसीय र ३३ ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेलेका छन् । आक्रमक ब्याट्सम्यान र मध्यम गतिका बलर स्मिथले टेस्टमा ३२० रन तथा सात विकेट लिएका छन् भने एकदिवसीयमा १५६० रन बनाउनुको साथै ६१ विकेट आफ्नो नाममा लेखाएका छन् । त्यस्तै उनले ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा ७२ रन र सात विकेट दर्ता गराएका छन् ।
स्मिथले चेन्नाई सुपर किंग्स र डेकन चारजर्सबाट इन्डियन प्रिमिएर लिग आईपीएल खेलेका थिए ।
ट्वान्टी ट्वान्टीमा स्मिथले ३३७ खेलमा सात हजार आठ सय ७० रन बनाउनुको साथै ११० विकेट हात पारेका छन् ।

Click to comment

Trending