Headline

ब्रिस्बेन बिरुद्ध सन्दिपको उत्कृस्ट बलिङ

Published

on

बिग ब्यास लिग अन्तर्गत ब्रिस्बेन हिट बिरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले किफायती बलिङ गरेका छन् भने एक विकेट पनि हात पारेका छन् । चार ओभर बलिङ गरेका सन्दिपले १६ रन खर्चंदै एक विकेट हात पारेका हुन् ।
पहिलो र दोश्रो ओभरमा समान ३-३ रन खर्चिएका सन्दिपले तेश्रो र चौथों ओभरमा समान ५-५ खर्चिंदै एक विकेट हात पारे । सन्दिपले आफ्नो तेश्रो ओभरको चौथों बलमा ३१ बलमा ३४ रन बनाएका ब्रिस्बेनका कप्तान क्रिस लिनको विकेट लिएका हुन् ।
 
सन्दिपको ट्वान्टी ट्वान्टीमा ९९ विकेट

सन्दिप ट्वान्टी ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली बलर बन्ने संघारमा रहेका छन् । आजको खेलमा सन्दिपले अब एक विकेट लिनसकेको खण्डमा उनी ट्वान्टी ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली बलर बन्ने छन् ।

सन्दिपले हाल सम्म १८ वटा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय र ५५ वटा ट्वान्टी ट्वान्टी खेलमा क्रमसः २८ र ७१  विकेट निकाल्दै ९९ विकेट आफ्नो नाममा दर्ता गराई सकेका छन् ।

सन् २०१८ मा इन्डियन प्रिमिएर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेनजर्स बिरुद्धको खेलबाट ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका सन्दिपले बिग ब्यास लिग, क्यारेबियन प्रिमिएर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमिएर लिग र अफगानिस्तान प्रिमिएर लिगमा सहभागीता जनाईसकेका छन् ।

ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय

खेल – १८

विकेट – २८

ट्वान्टी ट्वान्टी मात्र

खेल – ५६*

विकेट – ७१

इन्डियन प्रिमिएर लिग (आईपीएल)

२०१८

खेल – ३

विकेट – ५

२०१९

खेल – ६

विकेट – ८

बिग ब्यास लिग –

२०१९/२० (हाल जारी)

खेल – १३

विकेट – १५

२०१८/१९
खेल – ८

विकेट – ११

क्यारेबियन प्रिमिएर लिग

२०१८

खेल – ५

विकेट – ७

२०१९

खेल – ६

विकेट – ८

पाकिस्तान सुपर लिग

खेल – ७

विकेट – ११

बंगलादेश प्रिमिएर लिग

खेल – ६

विकेट – ४

अफगानिस्तान प्रिमिएर लिग

खेल – १

विकेट – २

 

Click to comment

Trending