Headline

एनआरटीको बहादुरीपुर्ण खेलपछि आर्मी लिगमा स्पष्ट अग्रता लिन चुक्यो

Published

on

न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोकेको छ । बराबरीपछि लिगमा स्पष्ट अग्रता कायम गर्न चुकेको छ ।

एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट प्रदर्शन गरेपछि एनआरटीले बहादुरीपूर्ण बराबरी खेलेको हो । शिर्ष स्थानको आर्मीको ८ खेलबाट १७ अंक भएको छ एनआरटी १२ अंकसहित छैटौं स्थानमा कायमै रहेको छ । एनआरटीले योसँगै लिगको उपाधि होडलाई थप रोमाञ्चक बनाएको छ ।

बराबरीले मच्छिन्द्र र मनाङ मस्र्याङ्गदीलाई पनि ठूलो राहत मिलेको छ । दुवै टोलीको १६ अंक रहेको छ भने मच्छिन्द्र गोल अन्तरको आधारमा दोश्रो स्थानमा रहेको छ । तेश्रो स्थानको थ्रि स्टार क्लबको १४ र जावलाखेल युथ क्लबको पनि १२ अंक रहेको छ ।

आर्मीले शुरुवातमा केही अवसरहरु बनायो तर अजितले भरत खवास र जर्ज प्रिन्स कार्कीको प्रहार बचाएका थिए । एनआरटीले पहिलो हाफमा थोरै मात्र आक्रमण गरेको थियो । दोश्रो हाफमा दुवै टोलीले राम्रो अवसर बनाएपनि गोल गर्न भने सकेनन् । अजितले दोश्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

Click to comment

Trending