Headline

मेलबर्नको अन्तिम लिग खेल आज, सन्दिपले पुर्याउलान् त १०० विकेट ?

Published

on

बिग ब्यास लिग अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेको टोली मेलबर्न स्टार्सले ब्रिसबेन हिटको सामना गर्दैछ । मेलबर्नमा हुने खेल नेपाली समय अनुसार दिउँस १:५५ बजे शुरु हुनेछ ।
१३ खेलमा १० जीत र तीन हारका साथ मेलबर्न अंक तालिकाको पहिलो स्थानमा रहेको छ भने उसले प्लेअफमा पनि आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
 
सन्दिपको ट्वान्टी ट्वान्टीमा ९८ विकेट 
सन्दिप ट्वान्टी ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली बलर बन्ने संघारमा रहेका छन् । आजको खेलमा सन्दिपले दुई विकेट लिनसकेको खण्डमा उनी ट्वान्टी ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली बलर बन्ने छन् ।
सन्दिपले हाल सम्म १८ वटा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय र ५५ वटा ट्वान्टी ट्वान्टी खेलमा क्रमसः २८ र ७० विकेट निकाल्दै ९८ विकेट आफ्नो नाममा दर्ता गराई सकेका छन् ।
सन् २०१८ मा इन्डियन प्रिमिएर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेनजर्स बिरुद्धको खेलबाट ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका सन्दिपले बिग ब्यास लिग, क्यारेबियन प्रिमिएर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमिएर लिग र अफगानिस्तान प्रिमिएर लिगमा सहभागीता जनाईसकेका छन् ।
ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय
खेल – १८
विकेट – २८
ट्वान्टी ट्वान्टी मात्र
खेल – ५५
विकेट – ७०
इन्डियन प्रिमिएर लिग (आईपीएल)
२०१८
खेल – ३
विकेट – ५
२०१९
खेल – ६
विकेट – ८

बिग ब्यास लिग –
२०१९/२० (हाल जारी)
खेल – १२
विकेट – १४
२०१८/१९
खेल – ८
विकेट – ११

 

क्यारेबियन प्रिमिएर लिग
२०१८
खेल – ५
विकेट – ७
२०१९
खेल – ६
विकेट – ८
पाकिस्तान सुपर लिग
खेल – ७
विकेट – ११
बंगलादेश प्रिमिएर लिग
खेल – ६
विकेट – ४
अफगानिस्तान प्रिमिएर लिग
खेल – १
विकेट – २

Click to comment

Trending