Headline

यु१९ विश्वकप : समुह बिजेता बन्दै अफगानिस्तान दोश्रो चरणमा 

Published

on

अफगानिस्तान यु१९ दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकपको दोश्रो चरणमा प्रवेस गरेको छ ।
क्यानडा बिरुद्धको खेल बर्षाका कारण रद्ध भए पछि दुबै टोलीले १-१ अंक बाँडे । समुह डी मा रहेको अफगानिस्तानले तीन खेलमा पाँच अंकका साथ अंक तालिकाको पहिलो स्थानमा रहँदै दोश्रो चरणको यात्रा तय गरेको हो ।
समुह डी मा एक एक खेल बाँकी रहेका दक्षिण अफ्रिका र युएई नेट रन रेटका आधारमा अंक तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका छन् भने क्यानडा तीन खेल खेल्दै मात्र एक अंक बोकेको क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ । दक्षिण अफ्रिका र युएईको एक जीत र एक हारका साथ समान २-२ अंक छ ।
अफगानिस्तानले आफ्नो पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका बिरुद्ध सात विकेटको सनसनीपुर्ण जीत हात पारेको थियो भने युएईलाई आफ्नो दोश्रो खेलमा १६० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Click to comment

Trending