Trending

ऐयर र राहुलको अर्धशतकमा न्युजिल्यान्ड बिरुद्ध भारतको रोमान्चक जीत 

Published

on

भारतले घरेलु टोली न्युजिल्यान्ड बिरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा ६ विकेटको रोमान्चक जीत हात पारेको छ । यो सँगै भारतले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।
जीतका लागि २०४ रनको विशाल लक्ष्य लिएर ब्याटिंङ गर्न आएको भारतले चार विकेटको क्षतीमा १९ ओभरमा लक्ष्य पुरा गर्यो ।
भारतको जीतमा श्रेयस ऐयरले अविजित रहँदै २९ बलमा सर्वाधिक ५८ रन बनाए भने ओपनर केएल राहुलले पनि २७ बलमा ५६ रन तथा कप्तान बिराट कोहलीले पनि ३२ बलमा ४५ रनको योगदान दिए ।
यस अघि कप्तान केन विलियमसन, रस टेलर र कोलिन मुन्रोले अर्धशतक प्रहार गरे पछि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको न्युजिल्यान्डले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०३ रन बनायो ।
न्युजिल्यान्डका ओपनरद्वय मार्टिन गुप्टिल र कोलिन मुन्रोले शुरवात देखि नै आक्रमक खेल्दै पहिलो विकेटका लागि सात दशमलब पाँच ओभरमा ८० रन जोडे । १९ बलमा चार चौका र एक छक्काको मद्धतमा ३० रन बनाएका गुप्टिल आउट भए पछि मुन्रोले कप्तान केन विलियमसनसँग मेलेर चार ओभरमा ३६ रन जोडे ।
४२ बल खेल्दै छ चौका र दुई छक्का सहित ५९ रन जोडेका मुन्रो शार्दुल ठाकुरको शिकार भए भने दुई बल खेल्दै रनको खाता पनि खोल्न नभ्याएका कोलिन डी ग्रान्डहोम रबिन्द्र जडेजाको शिकार भए ।
त्यस पछि कप्तान विलियमसनले रस टेलरसँग मिलेर न्युजिल्यान्डको पारी अगाडी बढाए ।२५ बलमा अर्ध शतक पुरा गरेका विलियमसनले २६ बलमा समान ४-४ चौका र छक्काको मद्धतमा ५१ रन जोडे । उनले चौथों विकेटका लागि टेलरसँग मिलेर मात्र २८ बलमा तुफानी ६१ रनको शाझेदारी गर्दै न्युजिल्यान्डलाई विशाल योगफल तर्फ लगे । टेलर २७ बलमा समान ३-३ चौका र छक्का प्रहार गर्दै ५४ रनमा अविजित रहे ।
भारतका जस्प्रित बुम्रा, शार्दुल ठाकुर, युज्बेन्द्र चाहाल, शिभम् दुबे र रबिन्द्र जडेजाले समान १-१ विकेट हात पारे । महँगो साबित भएका मोहम्मद शामीले चार ओभरमा ५१ तथा शार्दुल ठाकुरले तीन ओभरमा ४४ रन खर्चिए ।

Click to comment

Trending