Headline

१५ बर्षीया गउफको अष्ट्रेलियन ओपनमा अर्को सनसनी

Published

on

अमेरिकी टिन टेनिस खेलाडी कोको गउफले अष्ट्रेलियन ओपनमा अर्को सनसनीपूर्ण जित निकालेकी छिन् ।

पहिलो राउण्डमै पुर्व बिश्व नम्बर एक भेनस विलियम्सलाई पराजित गरेकी गउफले शुक्रबार तेश्रो चरणको खेलमा डिफेन्डिङ्ग च्याम्पियन तथा बिश्व नम्बर तीन जापानकी नाओमी ओसाकालाई हराइन् । १५ बर्षीया गउफले रड लेभर अरिनामा ओसाकालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गरिन् ।

“गउफलाई ओसाकाबिरुछ जित निकाल्न मात्र ६७ मिनेट लागेको थियो । मलाई थाहा छैन यस्तो कसरी भयो । के होला मेरो जिन्दगी ? दुई बर्ष अघि म अष्ट्रेलियन ओपन जुनियरमै पहिलो राउण्डबाट बाहिरिएको थियो र अहिले म यहा छु,” अमेरिकन गउफले जितपछि प्रतिक्रिया दिइन् ।

गउफले चौथो चरणमा चिनकी झाङ सुई अथवा आफ्नै देशकी सोफिया केनिनसँग प्रतिस्पर्धा गर्नेछिन् । गत बर्ष गउफले विम्बल्डनको पहिलो चरणमा पनि भेनस विलियम्सलाई हराएकी थिइन् । टेनिसको महिला टुरमा उपाधि जित्ने उनी सबैभन्दा कान्छी खेलाडी हुन् ।

Click to comment

Trending