Headline

साहुखलको गोलमा च्यासलको दोश्रो जित

Published

on

सन्तोष साहुखलले अतिरिक्त समयमा गोल गरेपछि च्यासल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो दोश्रो जित दर्ता गरेको छ ।

च्यासलले शुक्रबारको दोश्रो खेलमा ब्रिगेड बोइज क्लबलाई १–० ले हरायो । चौथो बराबरीतर्फ लम्केको च्यासललाई साहुखलले पुरै तीन अंक दिलाउने क्रममा इन्जुरी समयको दोश्रो मिनेटमा गोल गरेका थिए । ए डिभिजन लिग इतिहासमा यो साहुखलको १ सय १ औं गोल हो ।

जितपछि च्यासल अंक तालिकामा १२ औं बाट आठौं स्थानमा आइपुगेको छ । च्यासलको ८ खेलबाट ९ अंक भएको छ र संकटालाई गोल अन्तरको आधारमा पछाडी धकेलेको छ । चौथो हार बेहोरेको ब्रिगेड ८ खेलबाट ८ अंक सहित १० औं स्थानमा रहेको छ ।

खेलको पहिलो हाफमा दुवै टिमले प्रशस्तै गोल गर्ने मौका पाएका थिए तर चुक्न पुगे । दोश्रो हाफमा पनि अमिर श्रेष्ठले बिक्रम लिम्बुलाई राम्रो पास मिलाइदिएका थिए तर लिम्बु वान भर्सेस वानमै चुक्न पुगे । साहुखलले ताइगा नाकामुरको असिस्टमा गोल गर्दै च्यासललाई जित दिलाएका थिए ।

Click to comment

Trending