Headline

बिमलको एक मात्र गोलमा मनाङ फेरि लिगको तेश्रो स्थानमा

Published

on

पुछारको सरस्वती युवा क्लबलाई १–० को झिनो अन्तरले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा मनाङ्ग मस्र्याङ्गदी क्लब फेरि तेश्रो स्थानमा फर्र्किएको छ ।

बिमल राना मगरले गरेको एक मात्र गोलको मद्दतमा मनाङ चौथाबाट तेश्रोमा उक्लिएको हो । मनाङको ८ खेलबाट १६ अंक छ भने एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब र दोश्रो स्थानको मच्छिन्द्रको पनि उति नै अंक रहेको छ । आर्मी गोल अन्तरले अगाडी रहेको छ ।

आर्मीले शनिबार एनआरटीसँग खेल्दैछ । हिमालय शेर्पा क्लबलाई ३–१ ले हराउदै १४ अंक साथ मनाङलाई पछि परेको थ्रि स्टार पुन चौथो स्थानमा झरेको हो ।

पाचौं स्थानको जावलाखेल युथ क्लबको १२ अंक रहेको छ भने एक खेल कम खेलेको एनआरटी गोल अन्तरका आधारमा ११ अंक सहित छैटौं स्थानमा रहेको छ । नेपाल पुलिस क्लबको पनि ११ अंक नै रहेको छ । सातौं खेलमा पराजित भएको सरस्वतीको मात्र एक अंक रहेको छ ।

शुक्रबारको पहिलो खेलमा मनाङले पहिलो हाफमा तीन वटा गोल गर्ने अवसर गुमाएको थियो । बिष्ट दाजुभाई रञ्जन र अञ्जनले गोल गर्ने मौका खेल फालेका थिए । दोश्रो हाफ शुरु भएको एक मिनेटमै मनाङले अग्रता लिएको थियो ।

निशान लिम्बुले निकालेको पासमा अञ्जनको प्रहार क्रसबारमा लागेर फर्किएपछि रिबाउण्डमा गोल लाइन नजिकै बिमलले हेड गर्दै गोल गरेका थिए । मनाङले त्यसपछि पनि केही अवसर सृजना गरेको थियो तर चुक्न पुग्यो ।

Click to comment

Trending