Trending

यु१९ विश्वकप : वेस्ट इण्डिजसँग नाइजेरिया २४६ रनले पराजित 

Published

on

म्याथयु प्याट्रिकलेको अलराउण्ड प्रदर्शनमा दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा वेस्ट इण्डिजले नाइजेरियालाई २४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । दुई खेल खेलेको वेस्ट इण्डिजको यो दोश्रो जीत हो भने नाइजेरियाले पहिलो खेलमा नै हारको सामना गरेको छ ।
वेस्ट इण्डिजले दिएको ३०४ रनको विशाल लक्ष्य पक्ष्याएको नाइजेरियाले २१ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ५७ रन बनाउन सक्यो ।
नाइजेरियाको तर्फबाट आठौं नम्बरमा ब्याटिङ गर्न आएका अब्दुलरहमान जिमोहले सर्वाधि १७ रन बनाए भने कप्तान सिलभेस्टर ओक्पेले १० रनको पारी खेले । त्यस बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् भने पाँच जना ब्याट्सम्यानले त रनको खाता पनि खोल्न भ्याएनन् ।
नाइजेरियालाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा वेस्ट इण्डिजका जेदेन साल्सले सर्वाधिक चार विकेट लिए भने अश्माद नेड्ले तीन तथा म्याथयु प्याट्रिकले पनि दुई विकेट आफ्नो नाममा दर्ता गरे ।
यस अघि खेलमा टस जीतेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले पुरै ५० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा ३०३ रन बनायो ।
वेस्ट इण्डिजको तर्फबाट खेलको म्यान अफ द म्याच घोषित म्याथयु प्याट्रिकले ७० बलको सामना गर्दै सर्वाधिक ६८ रन बनाए । त्यस्तै कप्तान किमानी मेलियसले पनि ६५ तथा नवौं नम्बरमा ब्याटिंङ गर्न आएका जोशुवा जेम्सले आक्रमक पारी खेल्दै ३० बलमा ४३ रनको योगदान दिए ।

Click to comment

Trending