Trending

राष्ट्रिय क्लब भलिबल: चिर प्रतिद्वन्दि एपिएफ र न्यू डायमन्ड विच उपाधी भिडन्त

Published

on

महिला भलिबलका चिर प्रतिद्वन्दि एपिएफ र न्यू डायमन्ड विच उपाधीका लागि भिडन्त हुने भएको छ ।

पाँचौ एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको बिहिबार सम्पन्न सेमिफाईनलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै न्यू डायमन्ड स्पोर्टस् क्लब संगको भेट पक्का गरेको हो ।

अर्को खेलमा होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लबले सेनाको टिएसीलाई ३–० ले पराजित ग¥यो । डायमन्डले टिएसीमाथि २५–१५, २५–२२, २५–१३ को जित निकालेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ सेमिफाईनलमा दुई विभागिय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब विचको खेलमा एपिएफले बाजी मा¥यो । अघिल्लो संस्करणको विजेता आर्मी लाई २५–२२, २५–२२, २६–२४ को सेटमा पराजित गर्दै एपिएफ उपाधी नजिक पुगेको हो ।

अव एपिएफले उपाधीका लागि हेल्प नेपाल स्पोर्टस् क्लब संग प्रतिस्पर्धा गर्ने छ । तीन भारतिय खेलाडी र भारतिय सेनाका नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६, २५–१५ ले पराजित गर्दै एपिएफ संगको भेट पक्का गरेको हो । भारतिय खेलाडीलाई प्रार्थमिकतामा राख्ने हेल्प नेपालले अघिल्लो संस्करणमा सहभागिता जनाएता पनि खेलाडी बिबादका कारण प्रतियोगिता छोडेको थियो ।

च्याम्पियनसिपमा बिजयी शिर्ष तीन टोलीले नगद २ लाख, १ लाख र ५० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने छन् ।

Click to comment

Trending