Headline

भारतमा हुने ट्वान्टी ट्वान्टी विश्वकपको छनोट प्रकृया सार्वजनिक, नेपालको बाटो कस्तो ?

Published

on

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२१ मा भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको छनोट प्रक्रिया बिहिवार सार्वजनिक गरेको छ ।
आईसीसीले सन् २०२१ मा पनि १६ टोलीको सहभागिता रहने जनाएको छ । बिभिन्न छनोट पार गर्दै १६ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् भने त्यसबाट चार टोली विश्वकपका लागि छानिने छन् ।
यसै बर्ष (२०२०) ट्वान्टी ट्वान्टी विश्वकपमा सहभगी १६ टोली मध्य उत्कृष्ट १२ टोलीले अर्को बर्षको विश्वकपमा सिधै स्थान सुरक्षित गर्ने छन् भने पुछारको चार टोलीले ग्लोबल छनोटमार्फत आउनु पर्नेछ । त्यस्तै जनवरी १, २०२० मा ट्वान्टी ट्वान्टी बरियतामा रहन सफल नेपाल, जिम्बाब्वे, युएई र हंगकंगले पनि सिधै ग्लोबल क्वालिफायर्समा स्थान पक्का गरिसकेका छन् ।
त्यस्तै ११ क्षेत्रिय छनोटबाट आठ टोलीले ग्लोबल छनोटमा स्थान पक्का गर्नेछन् । अस्ट्रेलियामा हुने विश्वकपमा दोश्रो चरण पार गर्न नसकेका चार टोली एक समुह र नेपाल लगायत, जिम्बाब्वे, युएई र हंगकंग अर्को समुहमा रहने छन् विश्वकप छनोटमा । क्षेत्रिय छनोटबाट आठ टोलीलाई पनि चार चार गरेर दुई समुहमा बिभाजन गरिने छ ।
ग्लोबल छनोटमा दुई समुहमा ८–८ टोलीको सहभागिता रहने छ भने त्यसबाट चार टोलीले आगामी बर्षको विश्वकपको टिकट काट्ने छन् ।
नेपालको सम्भावना कती ?
यस बर्ष अस्ट्रेलियामा हुने विश्वकप खेल्ने सपना चकनाचुर भएको नेपाललाई भारतको लागि टिकट काट्नलाई पनि त्यति सजिलो छैन । गत बर्ष एसिया क्षेत्र छनोटमा आयोजक सिंगापुरसँग पराजित हुँदै  ग्लोबल छनोटमा पुग्न नसकेको नेपालले आगामी बर्ष सिधै ग्लोबल छनोटमा भने स्थान बनाएको छ ।
जनवरी १, २०२० मा ट्वान्टी ट्वान्टी बरियतामा रहन सफल नेपालसँगै, जिम्बाब्वे, युएई र हंगकंगले पनि सिधै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका हुन् ।
अहिले आईसीसीले निकालेको छनोटको बाटोले नेपालले एसिया क्षेत्रीय छनोट भने खेल्न नपर्ने भएको छ । विश्वकप छनोटको क्षेत्रिय छनोट मार्च देखि सेप्टेम्बर २०२० मा र ग्लोबल छनोट मार्च र जुलाई २०२१ मा हुनेछ ।

Click to comment

Trending