Headline

कास्कीलाई थ्रि बाई थ्रि वेष्टको उपाधि

Published

on

कास्की बास्केटबल संघले लि–निङ्ग थ्रि बाई थ्रि वेष्टको उपाधि जितेको छ । बिहिबार पोखरा रँगशालाको बास्केटबल कोर्टमा भएको फाइनलमा कास्कीले टाइम्स क्लब ए लाई २१–१४ ले हरायो ।

थ्रि बाई थ्रि वेष्टको फाइनलमा ६ टोलीले स्थान बनाएका थिए । पश्चिमका तीन शहरहरु पोखरा, बुटवल र धनगढीका बिजेता र उपबिजेताले फाइनलमा स्थान बनाएका थिए । कास्की पोखरा लेगको बिजेता थियो भने टाइम्स धनगढीको ।

बुटलवबाट टाइम्स क्लब बी र न्यु होराइजन क्लब फाइनल्सका लागि छनोट भएका थिए । रामघाट –पोखरा) र सुदुरपश्चिम फाउण्डेशन (धनगढी) फाइनल्स खेल्ने अन्य दुई टोली रहेका थिए । सहभागि टिमलाई दुई समुहमा बिभाजन गरि डबल एलिमिनेसन संरचनामा खेलाइएको थियो ।

बिजयी कास्कीले ५० हजार रुपैया र उपबिजेता टाइम्स ए ले २५ हजार प्राप्त गरेको थियो । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर कास्कीका सोनाम पुन घोषित भए । उनले फाइनल्समा कुल ४० स्कोर गरेका थिए । उनले लि–निङ्गको तर्फबाट जुत्ता पाए ।

थ्रि बाई थ्रि वेष्ट बास्केटबल नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको चौथो कार्यक्रम हो । यसअघि नेपाल बास्केटबल लिगले थ्रि बाई थ्रि इस्टको पनि आयोजना गरेको थियो भने काठमाडौंमा महिला र पुरुष नेपाल बास्केटबल लिग पनि गरिसकेको छ । आयोजकले थ्रि बाई थ्रि सेन्ट्रलको पनि आयोजना गर्ने बताएको छ ।

Click to comment

Trending