Headline

१० खेलाडीमा सिमित जावलाखेलले एपीएपलाई हरायो

Published

on

फोडे फोफानाले गरेको एक मात्र गोलको मद्दतमा जावलाखेल युथ क्लब नेपाल एपीएफ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको पाचौं स्थानमा उक्लिएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि फोफानाले ७१ औं मिनेटमा गरेको गोल जावलाखेलका लागि पर्याप्त बन्यो । जावलाखेल ८ खेलपछि १२ अंक सहित पाचौं स्थानमा उक्लिएको हो । यस क्रममा जावलाखेलले एनआरटी र नेपाल पुलिस क्लबलाई पछाडी धकेलेको हो । दुवै टोलीको समान ११ अंक रहेको छ ।

पाचौं पराजयपछि एपीएफ अंक तालिकामा पुछारबाट दोश्रो स्थानमा रहेको छ । एपीएफको मात्र ५ अंक रहेको छ । अन्तिम स्थानको सरस्वती युथ क्लबको ७ खेलबाट मात्र एक अंक रहेको छ ।

निरस पहिलो हाफमा जावलाखेलले गोल गर्ने केही अवसरहरु बनाएपनि त्यसमा सफल हुन सकेन । दोश्रो हाफको १२ मिनेट लगत्तै जावलाखेल १० खेलाडीमा सिमित भएको थियो । गोलकिपर टेकेन्द्र थापाले पेनाल्टी बक्स बाहिर आएर बल समाएपछि उनले साझै रेड कार्ड खाएका थिए । उनले अर्को खेल पनि गुमाउने भएका छन् ।

राम्रो स्थानमा फ्रि किक पाएको एपीएफ गोल भने गर्नबाट चुक्यो । आशिष लामाले प्रहार गरेको बल क्रसबारको धेरै माथिबाट गएको थियो । ७१ औ मिनेटमा फोफानाले गोल गरेपछि जावलाखेलले अग्रता लिन पुग्यो । ८९ औं मिनेटमा तोप बहादुर बस्नेतको प्रहारलाई जावलाखेलका गोलकिपरले मुस्किलले बचाएका थिए ।

Click to comment

Trending