Headline

बलभद्रलाई इस्टर्न ओपनको उपाधि

Published

on

ओभरनाइट लिडर बलभद्र राइले आफ्नो अग्रतालाई कायमै राख्दै सुर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् ।

दोश्रो राउण्डमा निरज तामाङमाथि एक स्ट्रोकको अग्रता बनाएका स्थानीय प्रो बलभद्रले बिहिबार निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा ३ अण्डर ६७ खेल्दै पुर्व नेपाल नम्बर एक शिवराम श्रेष्ठमाथि चार स्ट्रोकको जित हात पारे । उपाधिसँगै बलभद्रले १ लाख २५ हजार र शिवरामले ७५ हजार नगद पुरस्कार प्राप्त गरे ।

बलभद्रको कुल स्कोर ९ अण्डर २०१ रह्यो । अन्तिम दिन ६ अण्डर ६४ को स्कोरपछि शिवराम ५ अण्डर २०५ का साथ दोश्रो स्थानमा उक्लिएका थिए । डिफेन्डिङ्ग च्याम्पियन शुक्र बहादुर राइ भने १ ओभर २११ का साथ तेश्रो भए । उनले अन्तिम राउण्डमा ४ ओभर ७४ को स्कोर गरेका थिए । शुक्रले ५५ हजार नगद पुरस्कार प्राप्त गरे ।

धन बहादुर थापाले अन्तिम दिन इभन पार ७० खेल्दै चार ओभर २१४ का साथ चौथो स्थानमा प्रतियोगिता सक्काए । उनले ४५ हजार पाए । शिव कुमार माझी (७२) र सुर्य प्रसाद शर्मा (६८) ६ ओभर २१६ स्कोरले संयुक्त रुपमा पाचौं स्थानमा रहे । उनीहरुले ३१ हजार पाएका थिए ।

जयराम श्रेष्ठ (७२) र रवि खड्का (६९) आठौं स्थानमा रहे भने सञ्जय लामा र दिपक मगर १० ओभर २२० खेल्दै १० औं स्थानमा रहेका थिए ।

अमेच्योर तर्फ निरजले ४ अण्डर २०६ स्कोरका साथ उपाधि जिते । उनले अन्तिम राउण्डमा एक ओभरमा ७१ खेलेका थिए । पहिलो चरणमा ६ अण्डर ६४ खेल्दै अग्रता लिएका निरजले दोश्रो राउण्डमा पनि १ ओभर ७१ खेलेका थिए । शुक्र १३ ओभर २२३ खेल्दै दोश्रो र सुन्दर राइ १५ ओभरमा २२५ ले तेश्रो भए ।

Click to comment

Trending