Headline

रोहितको आक्रमक पारीमा मलेसिया माथि नेपाल पाँच विकेटले विजयी 

Published

on

रोहित कुमार पौडेलले आक्रमक अर्धशतक प्रहार गरे पछि नेपाल भ्रमणमा रहेको मलेसियामा नेपालले तेश्रो तथा अन्तिम ५० ओभरको खेल पाँच विकेटको जीत हात पारेको छ ।
नेपाल र मलेसियाले खेलेका तीनवटा अभ्यास खेलमा नेपालले तीन वटामा नै जीत हात पारेको छ । नेपालले पहिलो र दोश्रो खेल क्रमसः १३५ र १७२ रन जीतेको थियो ।
पोखरा रंगशालामा भएको खेलमा जीतका लागि १५८ रनको सामान्य लक्ष्य नेपालले २३ दशमलब पाँच ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा पार गर्यो ।
ओपनरद्वय कुशल मल्ललै शुन्य तथा सुनिल धमलालाई पाँच रनमा गुमाएर खराब शुरुवात गरेको नेपालको जीतमा तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका रोहित कुमार पौडेलले सर्वाधिक ८१ रन बनाए । ७० बलको सामना गरेका उनले आठ चौका र चार छक्का प्रहार गरे ।
रोहित बाहेक नेपालको लागि दिपेन्द्र सिंह ऐरीले २४ बलमा २८ तथा लोकेश बम २७ बलमा २६ रन बनाएर आउट भए भने अविजित रहेका बिनोद भण्डारी र कुशल मल्लले क्रमसः पाँच र एक रनको पारी खेले ।
यस अघि टस जीतेर पहिले ब्याटिंङ गरेको मलेसियाले ४३ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर १५७ रनको झिनो योगफल तयार पार्न सक्यो ।
मलासियालाई सस्तैमा रोक्ने क्रममा अविनाश बोहोराले सर्वाधिक तीन विकेट लिए । अविनाश बाहेक ललित नारायण राजबंशी र कुशल मल्लले समान २-२ तथा कमल सिंह ऐरी र किशोर महतोले पनि समान १-१ विकेट हात पारे ।
किफायती बलिङ गरेका अविनाश र ललितले क्रमसः ३० र २९ रन खर्चिए भने कुशलले नौं दशमलब चार ओभरमा ३० रन दिए ।
मलेसियाका बुषण विलास सावेले सर्वाधिक ३० रङ तथा नवौं नम्बरमा ब्याटिंङ गर्न आएका देवेन्द्र मोगणले २८ रनको पारी खेले ।

Click to comment

Trending