Headline

फराकिलो जितसँगै थ्रि स्टार ए डिभिजन लिगको तेश्रो स्थानमा उक्लियो

Published

on

हिमालय शेर्पामाथि ३–१ को फराकिलो जित दर्ता गर्दै थ्रि स्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको तेश्रो स्थानमा उक्लिएको छ ।

सुशिल राइको गोलबाट खेलको शुरुवातमै अग्रता लिएको थ्रि स्टारका लागि सञ्जोग राइ र वासिउ ओलन्दिरन हजमतले एक–एक गोल थपेका थिए । शेर्पाको लागि एक मात्र गोल बिदेशी खेलाडी स्टेफन समिर दिउबेनीले गरेका थिए ।

जितपछि थ्रि स्टार ८ खेलबाट १४ अंक सहित पाचौंबाट तेश्रो स्थानमा उक्लिएको छ । यद्दपी मनाङ मस्र्याङ्गदी क्लबले शुक्रबार सरस्वती युवा क्लबलाई पराजित गरेको खण्डमा र एनआरटीले शनिबार त्रिभुवन आर्मी क्लबलाई हराएको स्थितिमा थ्रि स्टार फेरि पाचौं स्थानमै फर्कनेछ । मनाङको १३ र एनआरटीको ११ अंक रहेको छ । गोल अन्तरमा एनआरटी अघि छ ।

आर्मी अंक तालिकामा १६ अंकसहित अग्रस्थानमा रहेको छ भने मच्छिन्द्रको पनि १६ अंक नै रहेको छ । आर्मीले एक खेल कम खेलेको छ । हारपछि हिमालय शेर्पा ८ खेलबाट ७ अंक सहित ११ औं स्थानमा यथावत रहन पुग्यो ।

खेलमा जम्नुअघि नै हिमालय शेर्पाले गोल खाइसकेको थियो । लाल रामावियाको चिप पासमा सुशिलले छैटौं मिनेटमै गोल गर्दै थ्रि स्टारलाई अग्रता दिलाएका थिए । ११ औं मिनेटमा अनन्त तामाङ अग्रता दोब्बर पार्नबाट चुके । पहिलो हाफ पूर्ण रुपले आफ्नो नियन्त्रणमा राखेको

थ्रि स्टारलाई शेपार्लले इन्जुरी समयको दोश्रो मिनेटमा झड्का दिएको थियो ।  समिरले निकै उत्कृष्ट प्रहार गर्दै गोल गरेपछि खेल बराबरीमा आएको थियो । तर शेर्पाको त्यो खुशी एक मिनेट पनि टिकेन । सञ्जोगले उत्कृष्ट गोल गर्दै हाफ टाइममा थ्रि स्टारको अग्रतालाई कायम राखेका थिए ।

दोश्रो हाफ शुरु भएको पाँच मिनेटमा नै थ्रि स्टारले अग्रतालाई दोब्बर पारेको थियो । निशान खड्काको पासमा हाजिमतले गोल गरेपछि थ्रि स्टार जिततर्फ अग्रसर बन्यो । थ्रि स्टारले त्यसपछि पनि थुप्रै मौकाहरुको सृजना ग¥यो तर जितलाई अझ फराकिलो बनाउन सकेन ।

Click to comment

Trending