Headline

बर्नलीसँग ओल्ड ट्राफोर्डमै हारेपछि आफ्नै समर्थकहरुले उडाए युनाइटेडको मजाक

Published

on

म्यानचेस्टर युनाइटेडले इतिहासमै पहिलो पटक ओल्ड ट्राफोर्डमा बर्नलीसँग पराजय भोगेपछि आफ्नै समर्थकहरुले नै मजाक उडाएका छन् ।

इङ्गलिस प्रिमियर लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा युनाइटेड घरेलु मैदानमै २–० ले पराजित हुन पुगेको थियो । युनाइटेडलाई समर्थकहरुले पहिलो हाफ र दोश्रो हाफको अन्त्यम आफ्नै समर्थकहले खिल्ली उडाएका थिए भने खेल सकिन पाँच मिनेट बाकी हुदा नै स्टेडियमको ठूलै भाग खाली भइसकेको थियो ।

क्रिस उडले ह्यारी मग्वायरलाई छक्काउदै बेन लीको पासमा गोल गरेपछि बर्नली ३९ औं मिनेटमा अग्रता लिन सफल भएको थियो । ५६ औं मिनेट उडकै पासमा जे रोदि«गेजले गोल गरेपछि बर्नलीको जित सुरक्षित भएको थियो ।

लगातार तीन सिजन ओल्ड ट्राफोर्डमा २–० को अग्रता लिएको बर्नली पहिलो पटक जित हात पार्न सफल भएको हो । मार्कस रासफोर्ड बिना मैदानमा उत्रेको युनाईटेडको खेल निकै खल्लो थियो भने उसले कुनै पनि समय बर्नलीको पोस्टमा राम्रो आक्रमण गर्न सकेन ।

हारपछि युनाइटेड २४ खेलबाट ३४ अंक सहित पाँचौं स्थानमै कायम रहेको छ भने बर्नली १३ औं स्थानमा उक्लिएको छ । बिहिबार नै भएको अर्को खेलमा लेस्टरले आयोजे पेरेजको दुई गोलको मद्दतमा वेष्ट ह्याम युनाइटेडलाई ४–१ ले हरायो भने टोटेन्ह्याम हट्स्परले नर्विचलाई २–१ ले पराजित ग¥यो ।

लेस्टर ४८ अंक सहित तेश्रो स्थानमा रहेको छ भने टोटेन्ह्याम ३४ अंकका साथ छैटौं स्थानमा रहेको छ । शिर्ष स्थानको लिभरपुलको २२ खेलबाट ६४ र दोश्रो स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५१ अंक भएको छ ।

Click to comment

Trending