Trending

राष्ट्रिय क्लब भलिबलः पुरुषतर्फ फाइनलका लागि बिभागिय भिडन्त

Published

on

त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष तर्फको फाइनलका लागि भिड्ने भएका छन् ।

बुधबार भएको पहिलो क्वार्टर फाईनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । एपीएफले बुद्धटोल युवा भलिबल क्लबलाई २५–१८, २५–१७, २५–११ ले पराजित गरेको थियो ।

अर्को सेमिफाईनलमा नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस् क्लब भिड्नेछन् । पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–११, २५–९, २५–१२ ले पराजित ग¥यो । हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ ले पन्छायो ।

प्रतियोगिताको सेमिफाईनल बिहिबार हुनेछ । महिला तर्फको पहिलो सेमिफाइनलमा एपीएफ र नेपाल पुलिस भिड्नेछन् भने न्यू डायमन्ड स्पोर्टस् क्लबले आर्मीको सामना गर्नेछ ।

Click to comment

Trending