Headline

बलभद्रलाई दोश्रो चरणपछि इस्टर्न ओपनको अग्रता

Published

on

प्रो गल्फर बलभद्र राइले सुर्य नेपाल गल्फ टुर अन्तर्गत इस्टर्न ओपनमा दोश्रो राउण्डपछि एक स्ट्रोकको अग्रता लिएका छन् ।

निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्र्फ रिसोर्टमा बिहिबार दोश्रो दिनको खेलपछि बलभद्रले अर्का स्थानीय अमेच्योर निरज तामाङमाथि एक स्ट्रोकको अग्रता बनाएका हुन् । बलभद्रले दोश्रो दिन पाँच अण्डर ६५ को स्कोर गरेपछि निरजलाई पछाडी धकेलेका हुन् । उनको कुल स्कोर ६ अण्डर १३४ रहेको छ ।

दोश्रो दिन १ अण्डर ७१ को कार्ड बुझाएपछि निरजको कुल स्कोर ५ अण्डर १३५ भएको छ । ३ अण्डर १३७ को स्कोरसहित शुक्र बहादुर राइ तेश्रो स्थानमा रहेका छन् । भर्खरै प्रो बनेका शुक्रले दोश्रो दिन इभन पार ७० को स्कोर गरेका थिए । पुर्व टप प्रो शिव राम श्रेष्ठ १ ओभर १४१ सहित चौथो स्थानमा रहेका छन् । उनले दोश्रो दिन इभन पार ७० खेलेका थिए ।

४ ओभरमा १४४ सहित दिनेश प्रजापति, शिव कुमार माझी र धन बहादुर थापा संयुक्त रुपमा पाचौं स्थानमा रहेका छन् । दोश्रो राउण्डमा इभन पार ७० खेलेका नेपाल नम्बर एक भुवन नगरकोटी ६ ओभरमा १४६ अंक सहित सञ्जय लामासँगै आठौं स्थानमा रहेका छन् । जयराम श्रेष्ठ र दिपक मगर दशौ स्थानमा रहदै फाइनल राउण्डमा स्थान बनाएका छन् ।

बिपिन तामाङ, बिनोद तामाङ, कृष्ण मान राजबाहक, पशुपती शर्मा, टंक कार्की, सुर्य प्रसाद शर्मा, रवि खड्का, भुवन कुमार रोक्का, रामे मगर, दिपक आचार्य, दिओ राज पाख्रिन, थाम बहादुर राइ, सञ्जिव बहादुर नेपाली, भिमसेन चौलागाई र सुनिल केसी पनि फाइनल राउण्डका लागि छानिएका छन् । दोश्रो चरणपछि १३ ओभरमा १५३ मा कट गरिएको थियो ।

अमेच्योरतर्फ निरजपछि सुन्दर राई १४७ को स्कोर सहित दोश्रो स्थानमा रहेका छन् । उनले बुधबार २ ओभर ७४ खेलेका थिए । शुक्र राज राई, युबराज भुजेल, जीवन राइ र रितेश तामाङ दोश्रो चरण पार गर्न सफल भएका थिए ।

Click to comment

Trending