Headline

रञ्जितको गोलमा मच्छिन्द्रको पुलिसबिरुद्ध महत्वपूर्ण जित

Published

on

रञ्जित धिमालले गरेको एक मात्र गोलको मद्दतमा शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ ।

दशरथ रँगशालामा भएको खेलमा पहिलो हाफ बराबरीमा रोकिएपछि रञ्जितले दोश्रो हाफ शुरु भएको ८ मिनेटमा गोल गरे । जितसँगै मच्छिन्द्र अंक तालिकामा १६ अंक सहित दोश्रो स्थानमा कायमै रहेको छ । पुलिसले भने दोश्रो स्थानमा उक्लने मौका गुमाउन पुग्यो ।

८ खेलबाट पुलिस ११ अंक सहित छैटौं स्थानमा छ भने अन्य टिमहरुले जित हात पारेको खण्डमा उ अझ तल खस्कनेछ । अंक तालिकामा गोल अन्तरको आधारमा आर्मी ७ खेलबाट १६ अंकसहति शिर्ष स्थानमा रहेको छ । तेश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबको ७ खेलबाट १३ अंक रहेको छ ।

चौथो स्थानको एनआरटी र पाचौं स्थानको थ्रि स्टारको पनि समान ११ अंक रहेको छ । थ्रि स्टारले बिहिबार हिमालयन शेर्पाको र एनआरटीले शनिबार आर्मीको सामना गर्नेछ ।

रँगशालामा पहिलो हाफमा दुवै टोलीबाट खासै आक्रमण भएको थिएन । दोश्रो टिममा दुवै टिम सकारात्मक भएर खेलिरहदा मच्छिन्द्र अगाडी बढ्यो । रञ्जितले फ्रि किक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । दुई मिनेटपछि नै अभिषेक रिजाल अग्रता दोब्बर बनाउन चुकेका थिए ।

पुलिसले दुई राम्रा अवसरको सृजना गरेको थियो तर मनाङका गोलरक्षक बिशाल श्रेष्ठले मच्छिन्द्रलाई जोगाएका थिए ।

Click to comment

Trending