Headline

नेपालमा आयोजना हुने विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलाका लागि ओमान टोली सार्वजनिक

Published

on

यहि माघ २२ गतेबाट नेपालमा आयोजना हुने विश्वकप लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि ओमानले आफ्नो टोली सार्वजनिक गरेको ।
छ खेल खेलेको ओमन आठ अंकका साथ अंक तालिकाको चौथों स्थानमा रहेको छ । ओमानले छ खेल मध्य दुईमा हारको सामना गरेको छ भने बाँकी चार खेलमा जीत निकालेको छ ।
लिग टुको अंक तालिकामा आठ खेलका साथ अमेरिका पहिलो स्थानमा रहेको छ भने आयोजक नेपालले कुनै पनि खेल खेलेको छैन ।   
ओमानले आफ्नो पहिलो खेल आयोजक नेपाल बिरुद्ध माघ २२ गते खेल्ने छ । 
 
ओमान टोली 
ज़िसान मक्सुद (कप्तान)
अक्युब इलियास 
जतिन्दर सिंह 
खवार अली 
सनुथ इब्राहिम 
सुरज कुमार 
मुहम्मद नसिम 
सन्दिप गौद 
मुहम्मद नदिम 
जय ओडेड्रा 
बादल सिंह 
अहमद फैज़ बट 
कलीमुल्लाह 
बिलाल खान 
 
 
लिग टु नेपाल सिरिजको तालिका
माघ २२ नेपाल भर्सेज ओमान
माघ २३ ओमन भर्सेज अमेरिका
माघ २५ नेपाल भर्सेज अमेरिका
माघ २६ नेपाल भर्सेज ओमान
माघ २८ अमेरिका भर्सेज ओमान
माघ २९ नेपाल भर्सेज अमेरिका

Click to comment

Trending