Headline

नयाँ व्यवस्थापक आर्टेटाले खोजे जस्तै आर्सनल ?

Published

on

आर्सनल मङ्गलबार राति चेल्सीबिरुद्ध इङ्गलिस प्रिमियर लिगमा पहिलो २६ मिनेटमै १० खेलाडीमा सिमित भयो । चेल्सीकै पुर्व खेलाडी डेभिड लुइजले पेनाल्टी एरियामा ट्यामी अब्राहमलाई लडाएपछि सिधै रेड कार्ड खादै मैदान बाहिरिए । प्राप्त पेनाल्टीलाई जोर्जिन्होले गोलमा परिणत गरे । त्यसपछि आर्सनलले ११ जना खेलाडी हुँदाभन्दा राम्रो खेलेर देखायो ।

मिकेल आर्टेटा व्यवस्थापक नियुक्त भए यता आर्सनलले प्रिमियर लिगमा खासै केही गर्न सकेको थिएन । मङ्गलबारको २–२ गोलको बराबरीमा आर्सनलले आर्टेटाले खोजे जस्तो आत्मीयतासहितको नेतृत्वदायी खेल पस्किन सफल भयो । जोर्जिन्होको गोलपछि आर्सनल पहिलो हाफमा १–० ले पछि प¥यो तर दोश्रो हाफमा उसले चेल्सीलाई आफ्नो उत्कृष्ट खेलले पछाडी पा¥यो ।

१८ बर्षिय ग्याब्रियल मार्टिनेलीले आर्सनलका लागि ६३ औं मिनेटमा बराबरीको गोल गरे । ८४ औं मिनेटमा सेजार अज्पिलिकेटाले चेल्सीलाई फेरि अगाडी पारे तर त्यसको तीन मिनेटपछि नै हेक्टर बेलेरिनले आर्सनलका लागि स्ट्यामफोर्ड ब्रिजमा बराबरीको गोल गरे ।

चेल्सीजस्तो राम्रो टिमबिरुद्ध उनीहरुकै घरेलु मैदानमा यस्तो गरेर देखाउनुको महत्व छुट्टै छ । मैले खेलाडीहरुमा खोजेको आत्मीयता र नेतृत्वदायिता यही नै हो । यसले हामी सही दिशामा गइरहेको त देखाउछ नै र आजको राति हामी सबैको लागि बिशेष पनि हुन पुगेको छ, आर्सनल व्यवस्थापक आर्टेटाले भने ।

च्याम्पियन्स लिगमा छनोट हुने चौथो स्थानबाट अझै १० अंक टाढा रहेको आर्सनलले बुधबारको जुझारु प्रदर्शनका बावजुद पछिल्लो ८ प्रिमियर लिग खेलमध्ये मात्र एक मा जित हात पारेको छ । आर्सनल २५ बर्ष यता माथिल्लो ६ स्थानबाहिर हुने स्थितिमा रहेको छ । २४ खेलबाट ३० अंक मात्रै रहेको आर्सनल १० औं स्थानमा रहेको छ भने चौथो स्थानको चेल्सीको ४० अंक भएको छ ।

Click to comment

Trending