Headline

अमेच्योर निरजलाई इस्टर्न ओपनमा पहिलो राउण्डको अग्रता

Published

on

स्थानीय अमेच्योर निरज तामाङले सुर्य नेपाल गल्फ टुर अन्तर्गत इस्टर्न ओपनको पहिलो राउण्डमा तीन स्ट्रोकको अग्रता लिन सफल भएका छन् ।

धरानमा पार–७० को निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा पहिलो राउण्डमा निरजले ६ अण्डर ६४ को कार्ड बुझाउदै डिफेण्डिङ्ग च्याम्पियन शुक्र बहादुर राइमाथि तीन स्ट्रोकको अग्रता बनाएका हुन् । शुक्रले पहिलो राउण्डमा ३ अण्डर ६७ स्कोर गरेका थिए।

अर्का स्थानीय व्यवासायिक गल्फर बल भद्र राइ १ अण्डर ६९ को स्कोरसहित तेश्रो स्थानमा रहेका छन् । शिवराम श्रेष्ठ, दिपेश प्रजापति र रमेश अधिकारी १ ओभर ७१ को स्कोरमा संयुक्त रुपमा चौथो स्थानमा रहेका छन् । शिव कुमार माझि, सञ्जय लामा र दिपक मगरको २ ओभरमा ७२ रहेको छ भने अन्य पाँच प्रोहरु बिनोद तामाङ, बिपिन तामाङ, कृष्ण मान राजबाहक, सुनिल केसी र धन बहादुर लामा ३ ओभरमा ७३ सहित अझ पछाडी रहेका छन् ।

अमेच्योर तर्फ सुन्दर राई ३ ओभर ७३ को स्कोर सहित दोश्रो स्थानमा रहेका छन् भने बिनोद कुमार शाहको ४ ओभर ७४ रहेको छ ।
नेपालमा सम्पन्न दक्षिण एसियाली खेलकुदतर्फको टिम इभेन्टतर्फका स्वर्ण पदक बिजेता निरजले पहिलो ९ होलमा ५ अण्डर ३१ खेलेका थिए भने दोश्रो ९ होलमा १ अण्डर ३३ खेलेका थिए । उनले दोश्रो, तेश्रो, पाचौं, छैटौं र सातौ होलमा बर्डि प्रहार गरेका थिए । ब्याक ९ मा उनले १२ औं, १४ औं र १६ औं मा बर्डि, १५ औं र १८ औं होलमा बोगी गरेका थिए ।

शुक्रले फ्रन्ट नाइनमा १ अण्डर ३५ र ब्याक नाइनमा २ अण्डर ३२ को स्कोर गरेका थिए । ५४ होलको प्रतियोगितामा ३५ प्रो र १६ अमेच्योरसहित ५० खेलाडीहरुको सहभागिता रहेको छ । दोश्रो चरणको प्रदर्शनपछि २४ प्रो र ६ अमेच्योरले फाइनल राउण्डमा स्थान बनाउने छन् । प्रतियोगितामा पहिलो तीन स्थान हासिल गर्ने खेलाडीहरुले क्रमशः १ लाख २५०००, ७५,००० र ५५,००० पुरस्कार प्राप्त गर्नेछन् ।

Click to comment

Trending