Trending

एन्फा र इङ्गलिस एफए सम्झौता पत्रमा हस्ताक्षर गर्दै

Published

on

अखिल नेपाल फुटबल संघ र इङ्गलिस फुटबल एशोसिएसनका प्रतिनीधिबीच बुधबार नेपाली राष्ट्रिय टोली र इङ्गल्याण्ड सीबीच हुने मैत्रीपूर्ण फुटबललाई लिएर सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।

इङ्गलिस एफएको टोली सोमबार नेपाल आएको थियो । एन्फा र इङ्गलिस एफएका पदाधिकारीबीच मङ्गलबार एन्फा कम्प्लेक्समा छलफल पनि भएको थियो । दुई टिमबीच हुने खेलहरुको मैदान र कहिले खेलाउन उचित हुने बिषयमा छलफल भएको थियो ।

एफएका प्रतिनीधिका रुपमा एण्ड्रयु स र लरेन्स जोन्स आएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासहितको टोलीसँगै एफएका प्रतिनीधिले नेपाली फुटबल बिकास र नेपाली फुटबल टोली र इङ्गल्याण्ड सी बिच हुने खेलको छिनोफानो गरेको हो ।

इङ्गलिस एफएका प्रतिनीधीले पोखराको सहारा एकेडेमीको पनि निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।

Click to comment

Trending