Headline

सचिन तेन्दुल्कर प्रशिक्षक बन्ने  

Published

on

भारतीय टोलीका पुर्व कप्तान तथा लिजेण्ड ब्याट्स्म्यान सचिन तेन्दुलकर प्रशिक्षक बन्ने भएका छन् । सचिन कुनै विदेशी टोली वा क्लबको प्रशिक्षक भने बन्न लागेका होइनन् ।
अस्ट्रेलियामा भएको बिनाशकारी डढेलोको लागि अस्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्न लागेको च्यारिटी खेलका लागि सचिनले प्रशिक्षकको भुमिका निर्वाह गर्न लागेका हुन् । फेब्रुवरी ८ तारिखमा हुन लागेको च्यारिटी खेलमा अस्ट्रेलियाका पुर्व खेलाडीहरुले खेल्ने छन् ।
दुई टोली बनाण्एर हुन लागेको खेलमा सचिनले अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिंङको कप्तानीमा रहेको टोलीको प्रशिक्षकको भुमिका निर्वाह गर्नेछन् ।
बुशफायर च्यारिटी खेलको अर्को टोलीको कप्तानी चर्चित लेग स्पिनर शेन वार्नले गर्ने छन् भने यस टोलीको प्रशिक्षकको भुमिका वेस्ट इण्डिजका पुर्व तिब्र गतिका बलर कर्ट्नी वाल्सले गर्नेछन् । त्यस्तै अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याङ्गर र पुर्व कप्तान स्टिभ वा पनि यस खेलमा रहने छन् तर उनीहरुले खेलाडी र प्रशिक्षक बाहेक अन्य भुमिका निर्वाह गर्नेछन् ।
बिग ब्यास लिगको फाइनल अघि आयोजना गरिने बुशफायर च्यारिटी खेलमा अस्ट्रेलियाका पुर्व खेलाडीहरु माइकल क्लार्क, एडम गिलक्रिस्ट, ब्रेट ली, शेन वाटसन जस्ता खेलाडीहरु खेल्ने छन् भने केहि दिनमा बोर्डले पुरा खेलाडीको नाम सार्वजनिक गर्नेछ ।

Click to comment

Trending