Trending

भेनसलाई पहिलो चरणबाट बाहिर पठाउदै आफैलाई साबित गर्न सफल गउफ

Published

on

गत जुलाईको विम्बल्डनमा आफ्नै आइडल भेनस विलियम्सलाई पहिलो चरणमै पराजित गर्दै कोको गउफले महिला टेनिसमा आफ्नो आगमनको संकेत दिएकी थिइन् ।

१५ बर्षिय गउफले ३९ बर्षिय भिनसलाई पराजित गर्दा केहीले अचम्मका साथ हेरेका त थिए नै तर कतिले भने यसलाई सामान्य लिएका पनि थिए । महिला टेनिसमा एक छत्र राज अहिले विलियम्स दिदि बहिनीको पनि छैन । नयाँ खेलाडीले टप सिडलाई पराजित महिला ग्राण्ड स्ल्याममा धेरै पटक पराजित गरेका छन् र नयाँ खेलाडीहरुले पनि उपाधि जितेका छन् ।

लाट्भियाकी जेलेना ओस्तापेन्को र जापानी नाओमी ओसाका पछिल्लो समय महिला टेनिसमा सबैलाई स्तब्ध पार्दै ग्राण्ड स्लामको उपाधि नै जितेर देखाउने नामहरु हो । तीन महिनाअघि गउफले ओस्तापेन्कोलाई नै लिञ्ज ओपनको फाइनलमा पराजित गर्दै डब्लुटिए (उमन्स टेनिस एशोसिएसन) इतिहासमा एकलतर्फको उपाधि जित्ने सबैभन्दा कान्छो उमेरको खेलाडी बनिन् ।

भेनसलाई हराएर तहल्का मच्चाएकी गउफलाई अब चुनौति थियो आफैलाई साबित गर्ने । उनि यसपटक फेरि ग्राण्ड स्ल्याममा फर्किन् र पहिलो चरणमै बिपक्षी पाइन भेनस । आफ्नै अमेरिकी भेटेरानलाई विम्बल्डनमा हराएकी गउफले आफूलाई साबित गराएरै छाडिन् । विम्बल्डनमा जस्तै उनले भेनसलाई ७–६ (७–५), ६–३ को सोझो सेटमा हराइन् ।

अन्तिम अंक आफ्नो पक्षमा आए–नआएकोमा असमञ्जसमा परेकी गउफले खुशियाली ब्यक्त गर्न केही ढिला गरिन् तर उनले अर्को इतिहास रचिसकेकी थिइन् । “उनि (भेनस) एकदम राम्रो खेलिरहेकी थिइन् र म आजको खेललाई लिएर केही नर्भस पनि थिए । मेरो पहिलो खेल फेरि भेनससँग नै हुने भनेपछि म स्तब्ध थिए तर यो चरण पार गर्न सकेकोमा म खुशि छु,” गउफले भनिन् ।

Click to comment

Trending