Headline

नेपालले चार देश सम्मिलित फुटबल प्रतियोगिता आयोजना गर्ने 

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार देश सम्मिलित फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विस्पोर्ट्ज़लाई प्राप्त सुचना अनुसार फेब्रुअरीको अन्तिम हप्ताबाट शुरु हुने प्रतियोगिता मार्चको पहिलो हप्ता सम्म संचालन हुनेछ । प्रतियोगितामा नेपाल सहित अन्य तीन टोलीको सहभागिता रहने छ भने बाँकी तीन टोलीको नाम एन्फा श्रोतले प्रस्टाउन चाहेन । तर बंगलादेश, माल्दिभ्स, उज्बेकिस्तान, किर्किस्तान लगायत बलियो टोलीलाई निम्ताउन लागेको श्रोतले खुलायो ।
सन् २०१५ मा विनाशकारी भुकम्पका कारण नेपालको एक मात्र अन्तरास्ट्रिय रंगशाला दशरथ रंगशालमा क्षती पुगेका कारण नेपालमा अन्तरास्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुन सकेको छैन । नेपालले पछिल्लो पटक आयोजना गरेको प्रतियोगिता भनेको दक्षिण एसियाली खेलकुद अन्तर्गतको फुटबल मात्र हो ।
रंगशालामा पुगेको क्षतीका कारण समयमा नै रंगशालाको मर्मत सम्भार हुन नसके पछि नेपालले विश्वकप छनोट अन्तर्गत कुवेत बिरुद्धको खेल पनि भुटानमा आयोजना गर्न बाध्य भएको थियो ।

Click to comment

Trending